Home मनोरञ्जन झापामा पहिलो पटक व्यवसायिक गजल

झापामा पहिलो पटक व्यवसायिक गजल

रेजिना गौतम ।

विर्तामोड । झापाको विर्तामोडमा जिल्लामै पहिलो पटक व्यवसायिक गजल वाचन भएको छ । गजललाई व्यवसायिक बनाउनु पर्छ भन्ने कुरामा नयाँ पुस्ता शसक्त रुपमा लागेको गजलकार तथा कवि केशव आचार्यले बताए । गजलमा आफू पुरानो न नयाँ दुवै पुस्तामा नपर्ने बताउने आचार्यले भने–‘कविता व्यवसायिक बन्न सकेको छैन, केहि सिमित कविहरुले मात्र व्यवसायिक बनाएका छन्, तर गजलले धेरै व्यवसायिकता पाइसकेको छ ।’
नयाँ पुस्ताका धनकुटाका गजलकार ईश्वर दाहालको उदाहरण दिंदै आचार्यले भने–‘व्यवसायिक गजलका उनी राम्रो उदाहारण हुन्, आफ्नो रेटमा पारिश्रमिक लिन्छन् ।’ झापामा पहिलोपटक भएको व्यवसायिक गजल वाचनमा स्रोताका रुपमा उनी पनि सहभागि थिए । ईश्वर दाहालले शुरुवातदेखि नै पारिश्रमिकविना कम मात्रै कार्यक्रममा हिडेको बताए ।
उनले भने–‘शुरुशुरुमा आवत–जावत खर्च दिनुपर्छ भन्ने प्रस्ताव गरें’–२०७१ सालबाट गजल लेखन प्रारम्भ गरेको बताउने उनले भने–‘२०७२ देखि गजल वाचन शुरु गर्दा कार्यक्रम गर्छौं भन्थे, पारिश्रमिकको कुरा आउँदैनथ्यो, अहिले हामी कार्यक्रम गर्छौं, यति रकम दिन सक्छौं भन्न थालेका छन् ।’ उनले एउटा कार्यक्रममा सहभागी हुँदा ५ देखि १२ वटा गजल वाचन गर्दा १० हजार रुपैयाँ लिने गरेको बताए । कतिपय कार्यक्रम भने समझदारीमा पनि सहभागिता जनाउने गरेको उनको भनाई छ ।
महफिल नामक संस्थाको आयोजनामा भएको गजल वाचन कार्यक्रममा गजलमा अग्रज मानिने लोकेन्द्र बन्जरा, सुन्दर कुरुप, लीला अनमोल र नयाँ पुस्ताका गजलकार ईश्वर दाहालले गजल वाचन गरेका थिए ।
गजल संग्रह नै प्रकाशन गरिसकेकी लीला अनमोललाई महफिलको गजल वाचन आमन्त्रण सहज स्वीकार गर्न कठिन लाग्यो रे । गजलमै लामो समय विताएकाहरुका बीचमा बसेर गजल वाचन गर्नु परेपछि आफूले गरेको मेहनत सुनाउँदै भनिन्– ‘२० वटा गजल लेखें र सयौपटक वाचन गरें, त्यसपछि मात्रै कार्यक्रममा सातवटा गजल वाचन गरें, मेरा लागि त्यो निकै चुनौति थियो, तर जिम्मेवारी लिएपछि सहज ठानेर पूरा गरें ।’ साहित्य लेख्छु भनेर महत्वाकांक्षा राखेर मात्र नहुने बताउँदै उनले भनिन्–‘सिर्जना÷क्षमता प्रस्तुत गर्न सकियो भने ढिलो चाँडो मात्र हो, समय आउँछ, समयले चिन्छ, व्यवसायिकता समयको माग पनि हो ।’
सिर्जनशिल क्षमता भए व्यवसायिकतामा समस्या नहुने उनको बुझाई छ । तर व्यवसायिक कार्यक्रम गर्दा आयोजकले भने ध्यान पु¥याउनु पर्नेमा जोड दिंदै उनले थपिन्–‘टिकट काटेर सुन्नुपर्छ भन्ने अभ्यास छैन, त्यसका लागि ध्यान पु¥याउन पनि त्यत्तिकै जरुरी छ, स्रोता र प्रस्तोता (अतिथि) कस्ता हुन्छन् त्यो महत्वपूर्ण पाटो हो ।’ सातवटा गजल वाचन गर्दा आफूले १० हजार रुपैयाँ पारिश्रमिक पाएको अनमोलले बताइन् । गत शनिबार महफिलले विर्तामोडमा आयोजना गरेको गजल वाचन कार्यक्रममा चारजना सहभागीमध्येकी उनी एक हुन् ।
गजललाई व्यवसायिक बनाउनु पर्छ भन्ने संस्थाको उद्देश्य अनुसार आयोजकले टिकटको समेत व्यवस्था गरेको थियो । टिकटबाट कति रकम उठ्यो भन्ने सम्बन्धमा आफू बाटोमै रहेका कारण हिसाब हुन बाँकी नै रहेको महफिलका प्रमुख बाबु त्रिपाठीले बताए ।
प्रस्तोताको पारिश्रमिकका सम्बन्धमा दुरीको कुरा पनि जोडिनाले सबैमा एकै दर लागु नहुने बताउँदै भने–‘झापाकै सन्दर्भमा पनि मैले ईश्वरलाई अलि बढी नै हुन्छ, एक दुरीका हिसावले अर्को उनी व्यवसायिक गजलकार हुन् ।’ उनले थपे–‘यसैले यति नै दिन्छु भन्ने हुँदैन, अवस्था हेर्नुपर्छ ।’
झापामा पहिलोपटक भएको व्यवसायिक गजल वाचन सोचेभन्दा राम्रो भएको बताए । टिकटबाट पारिश्रमिक दिन नपुग्ने बताउँदै त्रिपाठीले भने–‘टिकट बेचरै पारिश्रमिक दिन्छु भन्ने नसोचे हुन्छ, स्पोन्सर हुन्छन् त्यहिबाट मात्र कार्यक्रम संभव हुने हो ।’ स्वयं गजल लेखन तथा गायकीमा अग्रपंक्तिमा नाम आउने त्रिपाठीले नेतृत्व गरेको महफिलले विर्तामोडमा आयोजना गरेको गजल वाचन कार्यक्रममा प्रतिव्यक्ति दर एकसय रुपैयाँ तय गरेको थियो ।
गजललाई नयाँ पुस्ताले स्वतन्त्र विधाका रुपमा मान्ने गरेका छन् । तर विश्वविद्यालयले भने काब्यकै एउटा उपविधा मानेको जानकारहरु बताउँछन् । गजलको मुल सिद्धान्त काफिया मिलान हो, संगै रदिफ पनि आउँछ, गजलकार आचार्यले भने–‘गजल मुक्त छन्द र बहरमा लेखिन्छ, यसको उत्पत्ति श्रृङ्गारिक गजलबाट भएको हो ।’
मोतिराम भट्ट काँसीमा पढ्न जाँदा फारसीसंग संगत भयो । फारसी भाषाबाटै गजलको उत्पत्ति भएको मानिन्छ । उनैले नेपालमा आएर गजल भित्र्याएको इतिहास पाइन्छ । मोतिरामको निधनपछि २० को दशकतिर गजल पनि निधायो । त्यसको झण्डै १५÷२० वर्षको अन्तरपछि ज्ञानुवाकर पौडेल, ललिजन रावल लगायतले गजललाई ब्युताएको पाइन्छ ।
त्यसपछि भने क्रमिक रुपमा गजल मोह बढ्दै गएको छ । नेपालमा पूर्वको झापा, चितवनपछि पश्चिम नेपालमा पनि गजलको प्रभाव बढी नै देखिएको बताउँदै आचार्यले भने–‘नेपाली भाषी जहाँ जहाँ पुगेका छन् त्यहाँ–त्यहाँ गजल पुग्यो, गजलका ठूल्ठूला कार्यक्रमहरु समेत हुँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

मनोरञ्जन झापामा पहिलो पटक व्यवसायिक गजल

Most Popular

कोरोना संक्रमण पछि झापामा ३ को मृत्यु, ३१ मा संक्रमित थपिए

झापा । कोरोना संक्रमण पुष्टि भएर पछिल्लो २४ घण्टामा झापाका तीनजनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा विर्तामोड नगरपालिकाका २ र...

प्रदेश–१ का जेठा सांसदलाई कोरोना

झापा १४ कात्तिक। प्रदेश–१ मा सबैभन्दा जेठा सांसद ओमप्रकाश सरावगीलाई कोरोना संक्रमण पुष्टि भएको छ। मेची प्रादेशिक अस्पतालको कोभिड उपचार केन्द्रमा...

निजी अस्पतालका बेडबारे डिडिएमसीले अनुगमन गर्ने

झापा १४ कात्तिक । जिल्ला स्थित कोरोना संक्रमण व्यवस्थापन तथा न्यूनिकरण समिति (डिडिएमसी)ले सरकारले तोके अनुसार निजी अस्पतालले कोरोना संक्रमणका लागि...

पत्रकार महासंघ झापा अध्यक्ष सापकोटालाई कोरोना

झापा । नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणि सापकोटालाई कोरोना संक्रमण पुष्टि भएको छ ।मेची प्रादेशिक अस्पतालको मातहतमा रहेको कनकाई...

Recent Comments