Home समाचार भवन हस्तान्तरण

भवन हस्तान्तरण

शनिश्चरे । अर्जुनधारा नगरपालिका–४ रातेखालस्थित नवदुर्गा आधारभूत विद्यालय परिसरमा निर्मित आकिओ स्मृति सदन नम्बर–११ सोमबार आयोजित एक कार्यक्रमका बीच विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
जापानको योङ टीम अफ ह्युमेन पावर संस्थाले ४९ लाख रुपैयाँ लागतमा निर्माण गरेको १ तले ४ कोठे सो भवन विद्यालयलाई हस्तान्तरण गरिएको हो ।
दाताद्वय कोतारो इनोउए र योसिरो इनोउएले संयुक्त रुपमा विद्यालयका प्रधानाध्यापक रुद्रप्रसाद खतिवडा र वि.ब्य.स. अध्यक्ष दिपेन्द्र पौडेललाई हस्तान्तरण गर्नुभएको हो । उक्त भवनको निर्माण घनश्याम स्मृति प्रतिष्ठान चन्द्रगढीमार्फत गरिएको हो ।
वि.ब्य.स. अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार राना लगायतको आतिथ्य रहेको थियो । शिक्षक तोया ओलीले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत प्र.अ. खतिवडाले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार भवन हस्तान्तरण

Most Popular

Recent Comments