Home समाचार अर्जुनधारा जलेश्वरधामको ३७ औं अनुष्ठानको तयारी पूरा

अर्जुनधारा जलेश्वरधामको ३७ औं अनुष्ठानको तयारी पूरा

अर्जुनधारा १ मंसीर । अर्जुनधारा जलेश्वरधामको ३७ औं बार्षिक अनुष्ठानको सम्पूर्ण तयारी पूरा भएको छ । अनुष्ठानको अवसर पारेर श्रीमद्वामन महापुराणका साथै मानवीय सेवाका कार्यक्रम आयोजना गरिएको छ । अनुष्ठानको उद्घाटन किराँतधर्म गुरु महिङगुम अङसिमाङ आत्मानन्द लिङदेन ‘सेइङ’ तथा किराँत धर्म गुरुआमा पवित्र हाङ्मा लिङदेनद्वारा गर्ने कार्यक्रम तय भएको अर्जुनधारा जलेश्वरधाम व्यवस्थापन समितिका अध्यक्ष नविन गट्टानीले जानकारी दिनुभयो ।
पं. कुवेर सुवेदीको प्रमुख वाचकत्व र चिरञ्जीवी ढुङ्गानाको पाठपारायण रहने बार्षिक अनुष्ठानमा मंसीर–५ देखि ७ गतेसम्म निःशुल्क आँखा शिविरको आयोजना गरिएको धामका कोषाध्यक्ष मनोज जोशीले जानकारी दिनुभयो । शिविरको उद्घाटन अनन्त श्री विभूषित जगत्गुरु मुमुक्षानन्द महाराजले गर्नुहुनेछ ।
वार्षिक अनुष्ठानकै अवसर पारेर कृत्रिम हातखुट्टा प्रत्यारोपण शिविर समेत सञ्चालन हुनेछ । शिविरमा महाबीर सेवा सदन कलकत्ताले निःशुल्क सेवा दिने बताइएको छ । उक्त सेवा सदनका प्रमुख विनोद बगाडियाको सहभागिता हुने शिविरको उद्घाटन जगत्गुरु शंकराचार्य हेमानन्द गिरीले गर्नुहुनेछ । मंसीर ९ गते सद्वीज रोपणसहित समापन गरिने वार्षिक अनुष्ठानमा रुद्राभिशेक महायज्ञ, ताण्डुलाचल, धान्याचल, तुलादान, गंगाआरती, झाँकी तथा रात्री जागरण लगायतका कार्यक्रम रहने आयोजक समितिले जनाएको छ ।
भिजिट नेपाल २०२० लाई समेत सहयोग पुग्नेगरी आयोजना गरिएको अनुष्ठानमा धामपरिषरको मूल पोखरीमा विद्युतीय फोहोरा, धार्मिक मेला लगायतका अतिरिक्त आकर्षण रहने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार अर्जुनधारा जलेश्वरधामको ३७ औं अनुष्ठानको तयारी पूरा

Most Popular

Recent Comments