Home समाचार उद्यमशीलको उद्घोषण तालिम सम्पन्न

उद्यमशीलको उद्घोषण तालिम सम्पन्न

विर्तामोड ३० कात्तिक । नेपाल उद्यमशील महिला संघ झापाको आयोजनामा सञ्चालित ५ दिने उद्घोषण तालिम शनिवार सम्पन्न भएको छ । औपचारिक कार्यक्रम सञ्चालन गर्ने, मञ्चमा उभिएर बोल्दा अपनाउनुपर्ने तरिका, कार्यक्रम सञ्चालनमा अपनाइने मर्यादाक्रम लगायतका विषयमा कञ्चनजंघा एफएमका कार्यक्रम उत्पादक तथा प्रस्तोता भीमा शिवाकोटीले प्रशिक्षण दिनुभएको थियो ।
गत कात्तिक २६ गतेदेखि शुरु तालिम समापन कार्यक्रममा चेम्बर अफ कर्मर्श झापाका अध्यक्ष ओमकृष्ण विमली, निरमाया पुलामी, लायन्स क्लव अफ विर्तामोड लेडीका अध्यक्ष उर्मिला विमली खरेल लगायतले बोल्नु भएको थियो । पार्वता खरेल विमलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाकी सचिव कौशिला कट्टेलले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार उद्यमशीलको उद्घोषण तालिम सम्पन्न

Most Popular

Recent Comments