Home समाचार झापामा १७ हजार हेक्टर जमिन अतिक्रमण

झापामा १७ हजार हेक्टर जमिन अतिक्रमण

बिर्तामोड ३० कात्तिक । नेपाल भारत सिमा अतिक्रमणको विवाद चलिरहेको बेला पूर्वी नेपाल झापामा पनि ठूलो क्षेत्रफलमा सिमा अतिक्रमण भएको जानकारहरुले बताएका छन् ।
रिपोर्टर्स क्लब प्रदेश नं– १ ले शनिबार झापामा आयोजना गरेको साक्षात्कार कार्यक्रममा जानकारहरुले यस्तो बताएका हुन् ।
इतिहासविद चिन्तामणी दाहालले झापामा मात्रै १७ हजार हेक्टर क्षेत्रफल अतिक्रमणमा परेको बताउनु भएको छ । अतिक्रमित क्षेत्रफल मध्ये सैदान्तिक रुपमा ९८ प्रतिशत समस्या समाधान भएको भनिएपनि ब्यवहारमा समस्या ज्यूँका त्यूँ रहेको बताउनु भयो । दशगजा क्षेत्रको सुरक्षा नभएकाले सिमा बिवाद बारम्बार भईरहेको उहाँको भनाई छ ।
नेपाल बार एशोसिसन झापाका अध्यक्ष लेखनाथ निरौलाले पटक–पटक भारतको दादागिरी अब नेपाली जनताले सहन नसक्ने बताउँदै त्यसको प्रतिकारमा नेपाली जनता उठ्नुपर्ने बताए । उनले झापाका सरोकारवाला र स्थानीय नागरिकले पनि यस बिषयमा विरोध जनाउनुपर्ने उहाँको धारणा रहेको थियो ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणी सापकोटाले नेपाल भारत सिमा बिवादको बिषय राष्ट्रियताको सवाल भएको बताउँदै सबै मिडिया हाउस र सञ्चारकर्मीले शसक्त आवाज उठाउनु पर्नेमा जोड दिंदै आम जनतालाई सचेत र सतर्क रहेर सरकारका सकारात्मक काममा एकजुट हुन आग्रह गर्नुभयो ।
साक्षात्कार कार्यक्रम, क्लवका अध्यक्ष शेखर सेडाईँले सञ्चालन गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार झापामा १७ हजार हेक्टर जमिन अतिक्रमण

Most Popular

Recent Comments