Home समाचार कृतिम अङ्ग प्रत्यारोपण परीक्षण प्रारम्भ

कृतिम अङ्ग प्रत्यारोपण परीक्षण प्रारम्भ

शनिश्चरे २६ कात्तिक । झापाको अर्जुनधारा जलेश्वर धाममा कृतिम अङ्ग प्रत्यारोपण गर्न चाहनेहरुको स्वास्थ्य परीक्षण प्रारम्भ गरिएको छ ।
आगामी मंसिर १३ गतेदेखि २० गतेसम्म आयोजना गरिने स्वास्थ्य शिविरमा शारीरिक रुपमा अपाङ्ग ब्यक्तिहरुलाई निःशुल्क कृतिम अङ्ग प्रत्यारोपण गर्ने योजना अनुरुप कृृतिम अङ्गको नापजाँच प्रारम्भ भएको हो ।
मंगलबारदेखि शुरु स्वास्थ्य परीक्षण तीनदिनसम्म सञ्चालन हुने अर्जुनधारा जलेश्वरधामका मनोज जोशीले जानकारी दिनुभयो । महाविर सेवा सदन कलकत्ताका डा. एस.एस. प्रभाकर र डा. त्रिदुप्त दासले स्वास्थ्य परिक्षण गरिरहनुभएको छ ।
स्वास्थ्य परिक्षणमा रहनुभएका डा. प्रभाकरले तीनदिनसम्म हुने परिक्षण अवधिमा सेवाग्राहीको समस्या अनुसार हात, खुट्टा आदि कृतिम अंगको नाप लिने र सोही नापका आधारमा कृत्तिम अङ्ग निर्माण गरी प्राविधिकहरुको टोलीले जोड्ने जानकारी दिनुभयो ।
उहाँका अनुसार महाविर सेवा सदन कलकत्ताको सहयोगमा मंसिर १३ गतेदेखि २० गतेसम्म कृत्तिम अंङ्ग प्रत्यारोपण शिविर र मंसिर ५ र ६ गते निःशुल्क आँखा शिविर सञ्चालन गरिनेछ । सेवाग्राहीको चाप हेरेर दुवै शिविरको समय लम्बिन सक्ने पनि उहाँले बताउनुभयो ।
आखा शिविरमा १० हजार आँखा रोगीको र अङ्ग प्रत्यारोपण शिविरमा ५ सयलाई सेवा दिने अपेक्षा राखिएको जोशीको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार कृतिम अङ्ग प्रत्यारोपण परीक्षण प्रारम्भ

Most Popular

Recent Comments