Home समाचार भारतीय नागरिकको अभिलेखका लागि घुम्ती शिविर

भारतीय नागरिकको अभिलेखका लागि घुम्ती शिविर

भद्रपुर २४ कातिक । विभिन्न पेशा–व्यवसायमा रहेर नेपालमा काम गरिरहेका भारतीय नागरिकहरुको अभिलेखिकरणका लागि झापाको दुई स्थानमा घुम्ती शिविर सञ्चालन हुने भएको छ ।
नेपाल भारत मैत्री संघको पहलमा मेचीमै पहिलो पटक झापाको भद्रपुर र विर्तामोडमा घुम्ती शिविर सञ्चालन हुन लागेको हो ।
नेपाल सरकारले मजदूरहरुको लागि सामाजिक सुरक्षा कार्यक्रम लागू गरिसकेको, प्यान नम्बरमार्फत कर्मचारीको तलव–पारिश्रमिक भुक्तानी गर्नुपर्ने प्रावधान, मजदूरको सुरक्षा बीमालगायतका काममा सहजता प्रदान गर्न र नेपाल सरकारलाई मान्य हुने कागजात तयार गर्नका लागि घुम्ती शिविरको आयोजना गर्न लागिएको नेपाल भारत मैत्री संघका जिल्ला अध्यक्ष प्रदीपमणि रेग्मीले जानकारी दिए ।
नेपाल भारत मैत्री संघका निवर्तमान केन्द्रीय अध्यक्ष ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यमा भद्रपुर र विर्तामोडमा बसेको छुट्टाछुट्टै बैठकले मंसिरको पहिलो हप्ता घुम्ती शिविर सञ्चालन गर्ने निर्णय गरेको थियो ।
मंसिर ७ र ८ गते विर्तामोड र मंसिर ९ गते भद्रपुरमा सञ्चालन हुने शिविरमा आफनो नाम दर्ताका लागि भारतीय नागरिकले त्यहाँको मतदाता परिचयपत्र, पासपोर्ट, भाडामा बस्नेले स्थानीय घरधनीको विद्युतको बील र नागरिकता, आफू कार्यरत प्रतिष्ठानको सिफारिश र दुईप्रति फोटो लिएर उपस्थित हुनुपर्ने शिविर आयोजनाका लागि सहजीकरण गरिरहेका चेम्बर अफ कमर्स झापाका निवर्तमान अध्यक्ष सन्तोष अग्रवालले जानकारी दिए । विर्तामोडका लागि चेम्बर अफ कमर्सको कार्यालय रहेको बोलबम मण्डीपछाडिको ओमकृष्ण विमलीको घरमा सम्पर्क कार्यालय रहेको छ भने भद्रपुरको झापा उद्योग संघ रहेको अग्रवालले बताए ।
नाम दर्ताका लागि भारतीय दूतावासका प्रतिनिधि शिविरमा आउने छन् । भारतीय दूतावासको विराटनगरस्थित सम्पर्क कार्यालय उठेपछि विराटनगरपूर्वका भारतीय नागरिकलाई अभिलेखीकरणका लागि काठमाडौं धाउनुपर्ने बाध्यता रहँदै आएकोमा यो शिविरले त्यो बाध्यतालाई कम गर्ने पनि अग्रवालले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार भारतीय नागरिकको अभिलेखका लागि घुम्ती शिविर

Most Popular

चन्द्रगढी विमान स्थलको उत्तरतर्फ मूलगेट र टर्मिनल भवन बन्नुपर्ने माग

झापा १० कार्तिक । चन्द्रगढी विमान स्थलको स्तरबृद्धि पछिल्लो डिपिआर अनुसार अबिलम्ब थालिनु पर्ने माग राख्दै स्थानीयले संघर्ष थालेका छन् ।पछिल्लो डिपिआर...

एनएमसीको १२ प्रतिशत लाभांस वितरणको प्रस्ताव

झापा १० मंसीर । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले २८ औं बार्षिक साधारणसभामा पेश गर्ने बार्षिक प्रतिवेदन आज सार्वजनिक गरेको छ ।संस्थाको विर्तामोडस्थित...

पत्रकार काफ्ले र गौतमद्वारा ‘नारी सञ्चार प्रोत्साहन’ अक्षयकोषमा सहयोग

झापा ८ मंसीर । झापाका महिला संचारकर्मीहरुको छाता संगठन नारी सञ्चार गृहले बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरेको अक्षयकोषमा दुई पत्रकारले सहयोग रकम...

मुक्तिचोकमा सरसफाइ र पुष्परोपण, बोलेनन् मन्त्री !

झापा ९ मंसीर । मुक्तिचोक । वास्तवमा यो चोक सबैको मुक्तिका लागि अधिकार बोल्ने मुख्य थलोको रुपमा परिचित छ ।यो चोकमा उभिएर...

Recent Comments