Home समाचार कांग्रेसका ११ स्थानीय तह समायोजन

कांग्रेसका ११ स्थानीय तह समायोजन

विर्तामोड २३ कात्तिक । नेपाली कांग्रेस झापाले ११ वटा स्थानीय तहमा संघीय संरचना अनुरुप गाउँ÷नगर समिति समायोजन गरेको छ ।
नेपाली कांग्रेस केन्द्रीय समितिको स्थानीय तह संगठन पुनर्संरचना अन्तरिम ब्यवस्था निर्देशिका–२०७६ बमोजिम झापाका ११ वटा स्थानीय तहमा संगठन पुनर्संरचना गरिएको नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले जानकारी दिनुभयो । झापाका गौरादह, गौरीगञ्ज, झापा र हल्दिबारीमा दुई÷तीन दिनभित्र समायोजन सकिने निर्वाचन केन्द्रीय प्रतिनिधि यज्ञप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
जस अन्तरगत नेपाली कांग्रेस मेचीनगर सभापतिमा इन्द्र बुढाथोकी, सहसभापतिमा नविन बराल, राजन भट्टराई, लक्ष्मी प्रसाई र पुष्प कार्की चयन भएका छन् । मेचीनगरमा रहेका १५ वटा वडाका पदाधिकारी सदस्य रहने प्रावधान अनुरुप ५१ सदस्यीय कार्य सम्पादन समिति गठन गरिएको १ नम्बर क्षेत्रीय सभापति मणि उप्रेतीले जानकारी दिनुभयो ।
जिल्ला प्रतिनिधि तेजप्रसाद चौंलागाँईको प्रमुख आतिथ्य र निर्वाचन प्रतिनिधि हरि अधिकारीको विशेष आतिथ्यमा कार्यक्रममा कार्यक्रम सम्पन्न भएको हो । अन्तरिम ब्यवस्था निर्देशिकाले गाउँपालिका नगरपालिकामा गाभिएको भए नगरपालिकाको सभापति स्वतः सभापति हुने र गाउँपालिकाका सभापतिहरु सहसभापति हुने ब्यवस्था गरेको छ भने गा.वि.स.÷गा.वि.स मिलेर गाउँपालिका भए कार्यगत बरिष्ठताका आधारमा सभापति चयन गर्ने र समायोजित गाउँपालिकाका सभापति स्वतः सभापति हुने ब्यवस्था गरेको छ । सोही ब्यवस्था बमोजिम सबै स्थानीय तहमा निर्विवाद रुपमा सभापति चयन भएको जिल्ला प्रतिनिधिहरुले जानकारी दिएका छन् ।
यसैगरी नेपाली कांग्रेस विर्तामोड नगरसमितिको पनि समायोजन गरिएको छ । भोजराज सिटौलाको सभापतित्वमा गठित समितिको सहसभापतिमा भोलानाथ पौडेल, उपसभापतिमा लक्ष्मीप्रसाद आचार्य र बासु गुरुङ, सचिवमा राजकुमार राजवंशी, वेदप्रसाद न्यौपाने र गौरीप्रसाद घिमिरे, सहसचिवमा तेजकुमार लिम्बू र दिनेश पराजुली तथा कोषाध्यक्षमा तीलरुपा श्रेष्ठ र पवित्रा राजवंशी चयन भएको जिल्ला प्रतिनिधि जलकुमार गुरुङले जानकारी दिनुभयो । सुधिरकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्ला प्रतिनिधि गुरुङ, निर्वाचन प्रतिनिधि नारायण पौडेल, महासमिति सदस्य सिता पौडेल, क्षेत्रीय सभापति खगेन्द्र मैनाली, प्रदेश क्षेत्रीय सभापति धर्म लक्सम्बा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
चक्र शेर्माको सभापतित्वमा समिति गठन गर्दै बुद्धशान्ति गाउँपालिकाको समायोजन प्रक्रिया टुङ्गो लागेको छ । समितिका सहसभापतिमा इश्वरी ढकाल, उपसभापतिमा पहलमान बराल, उद्धित खतिवडा सचिवमा देवी सुवेदी, मोहन सुब्बा, पुन्यप्रसाद खतिवडा र निधिलाल अर्याल तथा कोषाध्यक्षमा लक्ष्मी श्रेष्ठ रहनु भएको निर्वाचन प्रतिनिधि बसन्त नेपालले जानकारी दिनुभयो । जिल्ला प्रतिनिधि पुष्प पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा निर्वाचन प्रतिनिधि नेपाल, खड्ग प्रसाई, रमेश भुजेल लगायतको आतिथ्यता रहेको थियो ।
यसैगरी भद्रपुर नगरपालिकाको सभापतिमा मोहन महर्जन चयन हुनुभएको छ । समितिको सहसभापतिमा मनप्रसाद कोइराला, उपसभापतिमा लालबहादुर श्रेष्ठ, ज्ञानु चौहान, दधिराम मिश्र, तोयाराम अधिकारी र राधा घिमिरे सचिवमा राम कँडेल, टेकबहादुर पाण्डे, सागर खड्का र नरेन्द्र चौलागाँई कोषाध्यक्षमा सुरज तामाङ र मनोज देउजा रहनु भएको जिल्ला प्रतिनिधि लता कार्कीले जानकारी दिनुभयो । कार्यक्रममा प्रदेश सांसद ओमप्रकाश सरावगी, निर्वाचन केन्द्रीय प्रतिनिधि यज्ञप्रसाद अधिकारी, भारतेन्दुकुमार मल्लिक लगायतको आतिथ्य रहेको थियो ।
तुलाराम अधिकारीको सभापतित्वमा ९० सदस्यीय समिति गठन गर्दै कचनकवल गाउँपालिकाको समायोजन गरिएको छ । समितिको सहसभापतिमा लालमोहन राजवंशी, परमानन्द राजवंशी, छविलाल अधिकारी, भरत राजवंशी र सैफुदिन मियाँ चयन भएको जिल्ला प्रतिनिधि विजय रिजालले जानकारी दिनुभयो । रिजालकै प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा निर्वाचन प्रतिनिधि बेणु सिटौला, भूमि राजवंशी, चिन्तामणि खरेल, गीता भट्टराई लगायतले बोलेका थिए ।
यसैगरी नेपाली कांग्रेस कनकाई नगरसमितिको सभापतिमा नेत्रप्रसाद चिमरिया चयन हुनुभएको छ । समितिको उपसभापतिमा तेजप्रसाद गिरी, सचिवमा नविन बस्नेत र दुर्गा प्रसाई सहसचिवमा दिपक खतिवडा र कोषाध्यक्षमा नारायणप्रसाद काफ्ले चयन हुनुभएको क्षेत्र नं–४ ख का प्रदेश सभापति भिम राजवंशीले जानकारी दिनुभयो ।
त्यस्तै अर्जुनधारा नगरसभापतिमा हेमराज खरेल चयन हुनु भएको छ । ६५ सदस्यीय समितिको सहसभापतिमा बाबुराम बुढाथोकी, उपसभापतिमा राजन खड्का, चन्द्र प्रसाई र महेन्द्र आङदेम्बे, सचिवमा मुक्ति सुवेदी, डिल्ली सापकोटा र रामकुमार महत सहसचिवमा सन्तोष श्रेष्ठ, कोषाध्यक्षमा मिश्राकुमारी राई र भीमबहादुर चोङ्वाङ चयन भएको जिल्ला प्रतिनिधि कृष्ण हुमागाँईले जानकारी दिनुभयो ।
निर्वाचन प्रतिनिधि भीम बरालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा छत्रमणि ढकाल, किरण श्रेष्ठ, लीला कट्वाल, लक्ष्मी शिवाकोटी, पुण्य ओझा लगायतले शुभकामना मन्तव्य राखेका थिए भने औचित्यमाथि जिल्ला प्रतिनिधि हुमागाँईले प्रकाश पार्नुभएको थियो । कार्यक्रमको सञ्चालन डिल्ली सापकोटाले गर्नुभएको थियो ।
यसैगरी शिवसताक्षी नगरपालिकाको सभापतिमा पर्शुराम ढुङ्गाना, कमल गाउँपालिका सभापतिमा खगेन भण्डारी र सहसभापतिमा राजकुमार न्यौपाने, दमक नगरपालिकाको सभापतिमा रोशन विष्ट, बाह्रदशी गाउँपालिका सभापतिमा ओमप्रकाश गौतम र सहसभापतिमा टङ्क शाह र मित्रप्रसाद भट्टराई चयन हुनुभएको नेपाली कांग्रेस निर्वाचन केन्द्रीय प्रतिनिधि यज्ञप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार कांग्रेसका ११ स्थानीय तह समायोजन

Most Popular

कोरोना संक्रमण पछि झापामा ३ को मृत्यु, ३१ मा संक्रमित थपिए

झापा । कोरोना संक्रमण पुष्टि भएर पछिल्लो २४ घण्टामा झापाका तीनजनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा विर्तामोड नगरपालिकाका २ र...

प्रदेश–१ का जेठा सांसदलाई कोरोना

झापा १४ कात्तिक। प्रदेश–१ मा सबैभन्दा जेठा सांसद ओमप्रकाश सरावगीलाई कोरोना संक्रमण पुष्टि भएको छ। मेची प्रादेशिक अस्पतालको कोभिड उपचार केन्द्रमा...

निजी अस्पतालका बेडबारे डिडिएमसीले अनुगमन गर्ने

झापा १४ कात्तिक । जिल्ला स्थित कोरोना संक्रमण व्यवस्थापन तथा न्यूनिकरण समिति (डिडिएमसी)ले सरकारले तोके अनुसार निजी अस्पतालले कोरोना संक्रमणका लागि...

पत्रकार महासंघ झापा अध्यक्ष सापकोटालाई कोरोना

झापा । नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणि सापकोटालाई कोरोना संक्रमण पुष्टि भएको छ ।मेची प्रादेशिक अस्पतालको मातहतमा रहेको कनकाई...

Recent Comments