Home समाचार युनिकमको दोस्रो अधिवेशन हेटौडामा

युनिकमको दोस्रो अधिवेशन हेटौडामा

हेटौडा २२ कात्तिक । नेपाल व्यापार कर्मचारी संघ युनिकम नेपालको दोश्रो राष्ट्रिय अधिवेसन हेटौडामा शुक्रबार शुरु भएको छ । सातवटै प्रदेशका ८० भन्दा बढी प्रतिनिधि सम्मिलित अधिवेसनको उदघाटन गर्दै युनियन नेटवर्क इन्टरनेश्नल नेपाल काउन्सिलका अध्यक्ष शंकर लामिछानेले रोजगारदाता र कर्मचारी वीच पारस्परिक निर्भरता हुनुपर्नेमा जोड दिनुभयो ।
श्रम क्षेत्रको स्वतन्त्र संगठनको रूपमा परिचित युनिकम नेपालले सामाजिक सम्वाद र सामुहिक सौदावाजी मार्फत विद्यमान श्रम ऐनको प्रभावकारी कार्यान्वयन गरिनु पर्ने बताउदै उहाँले उद्योग, प्रतिष्ठान मा एकापसको विश्वास वढाउनु पर्ने धारणा राख्नु भयो ।
युनिकम नेपालका केन्द्रीय अध्यक्ष गजेन्द्र पौडेलको अध्यक्षतामा आयोजित अधिवेशन उद्घाटन शत्रमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजकुमार न्यौपानेले श्रम र श्रमिक कुनै दल बिशेसको हुन नहुने बताउनुभयो ।
सवै श्रमिक र कर्मचारी का लागि एउटै ट्रेड युनियन काफी हुने बताउदै उहाँले मजदुर र रोजगारदाता विचको सम्वन्ध सुमधुर भए मात्रै उद्योग व्यवसाय फस्टाउने धारणा राख्नुभयो ।
कतिपय श्रम ऐन र सामाजिक सुरक्षा कोषले साना व्यवसायी त्रसित भएको औल्याउदै न्यौपानेले उद्योग व्यवसायलाई वर्गिकरण गर्नुपर्ने आवश्यकता औल्याउनु भयो । शनिवार केन्द्रीय समितिको नया नेतृत्व चयन गर्दै समापन हुने युनिकमको अधिवेशनमा ट्रेड युनियनका अभियान्ता बमबहादुर डी सी, उद्योग वाणिज्य महासंघका प्रदेश १ सदस्य बलराम कार्की, चेम्बर अफ कमर्स मकवानपुरका अध्यक्ष विजयकुमार श्रेष्ठ ,नेपाल ट्रेड युनियन कांग्रेसका यामबहादुर श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए । यसैवीच अधिवेशनमा सहभागी सवै जिल्लाका प्रतिनिधिहरुलाई सामाजिक संवाद र सामुहिक सौदाबाजीको विषयमा प्रशिक्षण दिइएको छ ।
नेतृत्व विकाश गर्दै आ–आफ्ना क्षेत्रमा विद्यमान श्रम ऐन र सामाजिक सुरक्षा कोषको प्रभावकारी कार्यान्वयनका निमित्त सहभागीहरुलाई प्रशिक्षण प्रदान गरिएको युनिकम नेपालका अध्यक्ष पौडेलले जानकारी दिनु भयो ।
युनिकम नेपाल मकवानपुरका अध्यक्ष दामोदर पाठकले स्वागत गरेको कार्यक्रमको औचित्य माथि केन्द्रीय उपाध्यक्ष एलएन दाहालले प्रकाश पार्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार युनिकमको दोस्रो अधिवेशन हेटौडामा

Most Popular

चन्द्रगढी विमान स्थलको उत्तरतर्फ मूलगेट र टर्मिनल भवन बन्नुपर्ने माग

झापा १० कार्तिक । चन्द्रगढी विमान स्थलको स्तरबृद्धि पछिल्लो डिपिआर अनुसार अबिलम्ब थालिनु पर्ने माग राख्दै स्थानीयले संघर्ष थालेका छन् ।पछिल्लो डिपिआर...

एनएमसीको १२ प्रतिशत लाभांस वितरणको प्रस्ताव

झापा १० मंसीर । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले २८ औं बार्षिक साधारणसभामा पेश गर्ने बार्षिक प्रतिवेदन आज सार्वजनिक गरेको छ ।संस्थाको विर्तामोडस्थित...

पत्रकार काफ्ले र गौतमद्वारा ‘नारी सञ्चार प्रोत्साहन’ अक्षयकोषमा सहयोग

झापा ८ मंसीर । झापाका महिला संचारकर्मीहरुको छाता संगठन नारी सञ्चार गृहले बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरेको अक्षयकोषमा दुई पत्रकारले सहयोग रकम...

मुक्तिचोकमा सरसफाइ र पुष्परोपण, बोलेनन् मन्त्री !

झापा ९ मंसीर । मुक्तिचोक । वास्तवमा यो चोक सबैको मुक्तिका लागि अधिकार बोल्ने मुख्य थलोको रुपमा परिचित छ ।यो चोकमा उभिएर...

Recent Comments