Home खेल त्रिभुवन आर्मी सेमीफाइनलमा

त्रिभुवन आर्मी सेमीफाइनलमा

विर्तामोड २० कात्तिक । भारतको पाहुना टोली मोलवे एफसी असामलाई पहिलो चरणमै पराजित गर्दै त्रिभुवन आर्मी क्लब अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बुधबार भएको तेस्रो क्वाटरफाइनलमा २–० गोलले पराजित गर्दै आर्मीले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । निर्धारित ८० मिनेटको खेलमा आर्मीले पहिलो र दोस्रो हाफमा समान १–१ गोल गरेको हो ।
आर्मीका लागि टेकबहादुर बुढाथोकी र दिपक गुरुङले गोल गरेका हुन् । खेलको ६ मिनेटमै गोल गरेर आर्मीले अग्रता लिएको थियो । जसमा टेकबहादुर बुढाथोकीले सम्झनलायक गोल गरेका थिए ।
दायाँ कर्नरबाट टंक बस्नेतले दिएको क्रस पासमा टेकबहादुरले गोल गरेका हुन् । टंकको क्रसमा आएको एयर बललाई चिप गर्दै टेकबहादुरले गोलपोस्टको दिशा दिएका थिए ।
प्रतिस्पर्धात्मक खेलमा अधिकांश समय आर्मीले असामको गोलपोस्टमा आक्रमण बुनेको थियो । त्यस्तै, असामले आर्मीविरुद्ध संघर्षपूर्ण प्रदर्शन गरेर झापाली दर्शकको समर्थन बटुलेका थिए । तर, असामका खेलाडीको फ्रन्ट लाइनमा फिनिसिङ राम्रो नहुँदा स्कोर भने हुन सकेन ।
असामका खेलाडीले खेलको ७४ मिनेटसम्म आर्मीलाई १–० को स्थितिमा रोकेको थियो । तर, असामका गोलरक्षक अल्वर्ट ह्मारको कमजोरीले आर्मीले अग्रता दोब्बर बनाएको थियो ।
खेलको ७४औँ मिनेटमा पाएको फ्रिकिकमा दिपक गुरुङको प्रहार गोलमा परिणत भएको थियो । दिपकको सोझै प्रहार गोलरक्षक अल्वर्टको हातमा परे पनि बल फुत्किएर जाली चुमेको थियो ।
खेलको म्यान अफ दी म्याच खेलको पहिलो गोलकर्ता आर्मीका टेकबहादुर बुढाथोकी घोषित भए । पुरस्कार सौजन्यकर्ता समाजसेवी श्याम गुरुङले नगद १० हजार प्रदान गरे ।
१० वटा टिम सहभागी गोल्डकपमा बिहीबार चर्च ब्वाइज एफसी काठमाडौँविरुद्ध गोर्खा ब्वाइज एफसी बुटबलबीच हुनेछ । गोल्डकपको विजेताले नगद १२ लाख ५० हजार पाउँदा उपविजेताले नगद ६ लाख २५ हजारसहित ट्रफी पाउनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

खेल त्रिभुवन आर्मी सेमीफाइनलमा

Most Popular

नगरप्रमुख आचार्य सिलीगुढीको किन्स हस्पिटल भर्ना

झापा । झापाको मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई भारतको पश्चिम बंगालस्थित सिलगुडीको किन्स हस्पिटलमा भर्ना गरिएको छ । कोरोना संक्रमण भएपछि विराटनगरको...

गाउँपालिका कार्यालयमा उपाध्यक्षद्वारा तालाबन्दी

अछाम । आफ्नो अधिकार खोसेर एकतन्त्रीय ढंगबाट शासन सञ्चालन गरेको भन्दै अछामको रामारोशन गाउँपालिकाका उपाध्यक्ष सरस्वती रावलले आफ्नो गाउँपालिकामा तालाबान्दी गरेकी छन्।गाउँपालिका...

यसपालीको दशैं टिकाको उत्तम साइत बिहान १०ः१९ बजे

झापा । दशैँको मुख्य दिन कात्तिक १० गते सोमबार विजयादशमी पर्व परेको छ । यस दिन बिहान नौ रात १० दिन पूजा...

महानवमीको विशेष पूजा आराधनाका साथ मनाईंदै

झापा । आश्विन शुक्ल नवमीको दिन आज महानवमी पर्व आज दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदैछ । कोरोना भाइरस संक्रमणका कारण यो...

Recent Comments