Home समाचार नेकाका गाउँ/नगर/वडा समिति समायोजनको तयारी

नेकाका गाउँ/नगर/वडा समिति समायोजनको तयारी

झापा १८ कात्तिक । नेपाली कांग्रेस झापाले आगामी कात्तिक ३० गतेसम्ममा संघीय संरचना अनुसार गाउँ÷नगर र वार्डको समायोजन सम्पन्न गर्ने निर्णय गरेको छ ।
नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाको सभापतित्वमा जिल्ला पार्टी कार्यालयमा सोमबार सम्पन्न बैठकले कात्तिक २२ र २३ गते गाउँ÷नगर समितिको समायोजन गरिसक्ने र जिल्लाका एकसय ३१ वटा वडाको समायोजन कात्तिक मसान्तसम्ममा सक्ने निर्णय गरेको हो ।
यसअघि पार्टी केन्द्रीय समितिको गत साउन २६ गते सम्पन्न बैठकले कार्यगत बरिष्ठताका आधारमा निर्विवाद रुपमा संघीय संरचना अनुरुप भदौ २० गतेसम्म क्षेत्रीय र प्रदेश क्षेत्रीय समिति तथा कात्तिक मसान्तसम्ममा गाउ÷नगर र वडा समितिको समायोजन सक्न निर्देशन दिने निर्णय गरेको थियो । सोही निर्देशन बमोजिम यसअघि क्षेत्रीय र प्रदेश समितिको समायोजन सकिएको छ भने अब बाँकी रहेको २ हप्तामा गाउँ÷नगर र वार्ड तहको समायोजन सक्ने निर्णय गरिएको पार्टी प्रवक्ता लोकराज ढकालले जानकारी दिनुभयो ।
नगर र गाउँपालिकास्तरीय समिति समायोजनका लागि डेमोक्रेटिक लयर्स एसोशिएसन झापाका अध्यक्ष तथा निर्वाचन केन्द्रीय प्रतिनिधि अधिबक्ता यज्ञप्रसाद अधिकारीको संयोजकत्वमा नेपाल शिक्षक संघका भवानी लुइटेल र नेपाल प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेली सदस्य रहेको निर्वाचन समिति गठन गरिएको छ । निर्वाचन केन्द्रीय प्रतिनिधि अधिकारीको उपस्थितिमा भएको नेपाली कांग्रेस झापाको बैठकले १५ वटै स्थानीय तहमा अधिबक्ताहरु र पार्टीका प्रतिनिधिलाई निर्वाचन प्रतिनिधि चयन गरेको छ ।
जस अन्तर्गत मेचीनगरमा हरिप्रसाद अधिकारी र तेजप्रसाद चौलागाई, अर्जुनधारा नगरपालिकामा भीम बराल र कृष्ण हुमागाईं, कनकाईमा नारायण पौडेल र गोपाल उप्रेती, शिवसताक्षीमा शान्ता पाठक र रतन थिङ्लावो, दमकमा सुरेशकुमार पोखरेल र मेनुका बुढाथोकी, गौरादहमा तिलकसिंह पाण्डे र रामकुमारी पौडेल र भद्रपुरमा यज्ञप्रसाद अधिकारी र लता चापागाइ, विर्तामोडमा यज्ञलक्ष्मी चौलागाई र जलकुमार गुरुङलाई निर्वाचन प्रतिनिधिका रुपमा खटाइएको प्रचार विभाग संयोजक कृष्ण हुमागाईले बताउनुभयो ।
यसैगरी बुद्धशान्ति गाउँपालिकामा बसन्त नेपाल र पुष्पराज पौडेल, हल्दिबारीमा उमा कार्की र भूपाल बस्नेत, गौरीगञ्जमा पर्शुराम बानिया र फुलवती राजवंशी, झापामा खगेन्द्र खरेल र जगन्नाथ राजवंशी, कचनकबलमा सन्तोष प्रसाई र विजय रिजाल, बाह्रदशीमा अमृतबहादुर बुढाथोकी र रामप्रसाद दुलाल, कमल गाउँपालिकामा भरत प्रसाई र ढलकबहादुर पन्तलाई निर्वाचन प्रतिनिधि तोकिएको कांग्रेसका कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिनुभयो ।
प्रत्येक स्थानीय तह तथा वार्डमा निर्वाचन सम्पन्न गर्न डेमेक्रोटिक लयर्स एसोसिएसन, नेपाल शिक्षक संघ, नेपाल प्रेस युनियनका प्रतिनिधि र पार्टी प्रतिनिधिको समन्वयमा निर्वाचन प्रतिनिधि खटाइनेछ ।
संघीय संरचना अनुरुप कांग्रेसका गाउँ÷नगर तथा वार्ड समिति समायोजन अन्तरिम ब्यवस्थापनका लागि नेपाली कांग्रेसले निर्वाचन भन्दा पनि सहमति, सहकार्य र कार्यगत बरिष्ठतालाई प्राथमिकता दिदै गाउँ÷नगर र वार्डको नेतृत्व चयन गर्ने ब्यवस्थासहितको निर्वाचन निर्देशिका(२०७६ जारि गरेको छ । सोही निर्देशिकाको आधारमा निर्विवाद नेतृत्व चयन हुनेछन् ।
सहमति नभएको अवस्थामा भूगोल, क्षेत्रीय प्रतिनिधि संख्या, कृयाशील सदस्य संख्यालाई आधार बनाएर सभापति चयन गर्न निर्देशिकाले निर्देशित गरेको झापाका लागि केन्द्रीय प्रतिनिधि तथा डेमोक्रेटिक लयर्स एसोसिएसन झापाका अध्यक्ष यज्ञप्रसाद अधिकारीले जानकारी दिनुभयो । यसरी समायोजन गर्दा गाभिएका गाउ÷वा नगरका सभापतिहरु स्वतः सह(सभापति हुनेछन् भने पदाधिकारी तथा सदस्यहरु स्वतः सदस्य हुने निर्देशिकाले ब्यवस्था गरेको छ ।
उहाँका अनुसार यी आधारमा पनि गाउ÷नगर÷वडा सभापति चयन हुन नसकेको अवस्थामा कार्यगत जेष्ठता र गोलाप्रथाबाट भए पनि सभापति चयन गर्ने ब्यवस्था निर्देशिकाले गरेको छ ।
यसैगरी समितिका पदाधिकारी तथा सदस्यहरु पुनरर्संरचनापछि बनेको नयाँ क्षेत्रभित्रको कार्यसमितिमा समायोजन हुने ब्यवस्था निर्देशिकामा उल्लेख छ । विधानले नगर तथा गाउँ समिति विस्तारमा पनि साविकका गाउँ कार्यसमिति पुनर्संरचनामा सिमांकन हेरफेर भई वडामा परिवर्तन भएमा वडा सभापतिहरु नगर समितिको पदेन सदस्य हुने ब्यवस्था गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार नेकाका गाउँ/नगर/वडा समिति समायोजनको तयारी

Most Popular

Recent Comments