Home समाचार छठ पूजा, अस्ताउँदो सूर्यलाई अर्घय

छठ पूजा, अस्ताउँदो सूर्यलाई अर्घय

विर्तामोड १६ कात्तिक । कात्तिक शुल्ल षष्ठी आज मैथिली समाजसहित छठीमाताका उपासकहरुले अस्ताउँदो सूर्यलाई अर्घय दिएका छन् ।
कात्तिक शुल्क चतुर्थीका दिनदेखि शुरु भएको छठीमाताको विधिवत पूजा विधि र उपासना अनुसार आज ब्रतालुहरुले खोला किनारमा निर्माण गरिएको घाट (पूजास्थल) मा गई अस्ताउँदो सूर्यलाई अर्घय दिएका हुन् ।
सोही अनुसार झापाका पनि विभिन्न खोला किनार र जलाशयमा पुगेर ब्रतालुहरुले सूर्यको उपासना गरेका छन् । झापाका विरिङ, मेचीनदी, निन्दा, फुलवासा, अन्धुंवा लगायतका खोला किनारमा ब्रतालु तथा छठी सूर्यको उपासना गरेको हेर्नेको भीड लागेको छ ।
विर्तामोडको अंधुवा खोलामा हुँदै आएको छठ पूजा विगत ५ वर्षयता विरिङ खोलामा लाग्दै आएको छ ।
फराकिलो ठाउँ भएका कारण विरिङमा ब्रतालु र दर्शकलाई सहज भएको छठ सेवा समितिले जनाएको छ । तथापी विर्तामोड क्षेत्रको बालाजी मन्दिर पछाडि तथा सैनिक मोड नजिकैको अंधुवा खोला किनारमा पनि यो वर्ष छठ पूजा गरिएको छ ।
आज अस्ताउँदो सूर्यलाई अर्घय दिएर रातभर जाग्रम बस्ने र भोली उदाउँदो सूर्यलाई अर्घय दिएपनि छठ पर्व समापन भएको मानिन्छ ।
ढिकी वा जाँतोमा पिसेको पिठोबाट बन्ने ठेकुवा, भुसुवासहितका मिष्ठान्न परिकार प्रसादका रुपमा बनाइन्छ । उक्त प्रसाद इष्टमित्रलाई घरमै बोलाएर खुवाउने वा आफन्त र नातेदारकहाँ पु¥याउने पनि गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार छठ पूजा, अस्ताउँदो सूर्यलाई अर्घय

Most Popular

गोरु काटेर खाएको आरोपमा अर्जुनधाराबाट ३ जना पक्राऊ

झापा । झापाको अर्जुनधारा–५ स्थित बैसाबारी बस्ने तिन जना गोरु काटेर खाएको आरोपमा पक्राउ परेका छन । पक्राउ पर्नेमा २० बर्षीय ईमन...

फुलमती खोलाले ५ विगाहा बढी खेतियोग्य जमिन कटान

शनिश्चरे । केहिदिनदेखि निरन्तर भएको अविरल वर्षाका कारण फुलमती खोलामा आएको बाढीले अर्जुनधारा–५ स्थित पानीकलमा ५ विगाहा जमिनमा लगाएको धानखेति कटान गरेको...

सुखानीमा रुख काटिएकोप्रति अर्जुनधारा कांग्रेसको आपत्ति

अर्जुनधारा ९ असोज। झापाको अर्जुनधारा नगरपालिका–९,१० र ११ स्थित सुखानी सहिद स्मृति प्रतिष्ठानभित्र अवैध रुपमा रुख काटिएको...

मावल आएकी कृतिकाको छतबाट खसेर मृत्यु

झापा । ५ दिन अघि काठमाडौंबाट झापाको विर्तामोड–५ स्थित मावली घर आएकी १३ वर्षीया कृतिका भण्डारीको छतबाट लडेर मृत्यु भएको छ ।विहिबार...

Recent Comments