Home मनोरञ्जन देवकोटा जयन्तीमा भट्टराई र परियार सम्मानित

देवकोटा जयन्तीमा भट्टराई र परियार सम्मानित

शनिश्चरे १० कात्तिक । अर्जुनधारा नगरपालिका अन्तरगत ज्येष्ठ नागरिक सामूदायिक मिलन समाजले महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११ औं जयन्तीको अवसरमा विविध कार्यक्रम आइतबार सम्पन्न गरेको छ ।
समाजद्वारा स्थानीय ज्येष्ठ चौतारीमा आयोजित साहित्यिक, सांस्कृतिक तथा सम्मान कार्यक्रममा साहित्यकार विष्णुकुमार भट्टराई, संगीतकार हस्त परियारलाई सम्मानपत्र सहित जनहि नगद पाँचहजार एकसय समेत प्रदान गरिएको थियो ।
सोही अवसरमा हिमशिखर डान्स आइडल सिजन–२ (टु) को फाइनल राउण्ड प्रतियोगि लिशारा थापासहित स्थानीय बालबालिकाले मनोरञ्जनात्मक नृत्यहरु गरेका थिए । कार्यक्रममा सहभागीले महाकवि देवकोटाद्वारा रचित मुनामदनका रचना प्रस्तुत गरेका थिए ।
देवकोटा जयन्तीका अवसरमा आयोजित कार्यक्रममा कवि मोहनप्रसाद घिमिरे, बहुप्रतिभावान व्यक्तित्व मातृका संग्रौला, पुण्य बराल, तिलक गजुरेल, सम्मानिततर्फबाट विष्णुकुमार भट्टराई लगायतले आ–आफ्ना रचना वाचन गरेका थिए ।
समाजका अध्यक्ष रामप्रसाद भट्टराईको अध्यक्षता तथा १ नं. प्रदेश सांसद बृखबहादुर प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रधान, विशिष्ठ अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार राना, साहित्यकार कृष्ण धरावासी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
समाजका सचिव नरेन्द्र तिम्सिनाले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष लक्ष्मीप्रसाद इङनामले स्वागत गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

मनोरञ्जन देवकोटा जयन्तीमा भट्टराई र परियार सम्मानित

Most Popular

Recent Comments