Home समाचार झापा गा.पा.मा आपतकालीन केन्द्र

झापा गा.पा.मा आपतकालीन केन्द्र

झापा २८ असोज । प्राकृतिक प्रकोपमा परेकाहरुको उद्धार, राहत र पुनस्र्थापनका लागि कार्य गर्ने उद्देश्यले झापाका दुईवटा गाउँपालिकामा आपतकालीन कार्य सञ्चालन केन्द्र LEOC) स्थापना गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी झापाले नमूनाको रुपमा झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिकामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना गरिएको हो ।
विपद् ब्यवस्थापन ऐन २०७४ अनुसार सातसय ५३ वटै गाउ/नगर पालिकाहरुमा केन्द्र स्थापना हुनुपर्ने प्रावधान छ । सोही प्रावधान अनुसार नमूना केन्द्रको रुपमा झापाका दुई गाउँपालिकामा केन्द्र स्थापना गरिएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो ।
मंगलबार झापा गाउँपालिकामा आयोजित एक कार्यक्रमका बीच केन्द्रको समुद्घाटन गरिएको छ । झापाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर निरौलाले केन्द्रको समुद्घाटन गर्नुभएको थियो ।
अन्तर्राष्ट्रिय बिपत जोखिम न्यूनीकरण दिबसको सन्दर्भ पारेर आयोजित कार्यक्रममा कार्यक्रमको औचित्यमाथि प्रकाश सभापति ढकालले पार्नुभएको थियो ।
झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष कुन्तीदेवी बुढाथोकीले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार झापा गा.पा.मा आपतकालीन केन्द्र

Most Popular

Recent Comments