Home समाचार कालिकापीठमा सतचण्डी महायज्ञ

कालिकापीठमा सतचण्डी महायज्ञ

शनिश्चरे १४ असोज । शारदीय नवरात्रको अवसर पारेर अर्जुनधारा नगरपालिका वार्ड नं–९ मा रहेको देवीको सिद्ध शक्तिपीठ कालिकापीठ कालीस्थानमा शतचण्डी महायज्ञ सञ्चालन भइरहेको छ ।
नवरात्र अवधिभर दुर्गा भवानीको विशेष पूजा आरधना, नौ जना ब्राम्हण बटुकहरुद्वारा दुर्गा शप्तशति पाठसहित शतचण्डी महायज्ञ शुरु गरिएको हो । नेपालीहरुको प्रमुख चाड बडादशैंको प्रारम्भका दिन घटस्थापना गरी वैदिक स्तोत्र पाठसहित दैनिक विशेष पूजा आरधना भइरहेको पीठका अध्यक्ष ज्यो. पं. लक्ष्मीप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
नवमीसम्म (नवरात्रभर) शक्तिको आराधना गरी नवदुर्गाको प्रतीकस्वरुप नवकन्याको पूजनसँगै महायज्ञ समापन गर्ने परम्परा रहेको यज्ञाचार्य आ. रघुनाथ रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार शैलपुत्री, ब्रम्हचारिणी र चन्द्रघण्टास्वरुपा पराम्बा माताको पूजन सकिएको छ भने अव क्रमश कुष्माण्डा, स्कन्दमाता, कात्यायिनी, कालरात्री, महागौरी, सिद्धिदात्रीको विशेष पूजा गरिनेछ ।


आयोजित महायज्ञमा सय आवृत्ति बढी दुर्गा सप्तशती (चण्डी) पाठ गरेर नवदुर्गा, त्रिशक्ति मानिने महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आरधना पनि गरिनेछ । आस्वीन शुक्ल प्रतिपदादेखि शुरु भएको यज्ञ आगामी नवमीका दिन समापन गरिने पीठका उपाध्यक्ष डिल्लीराम दाहालले जानकारी दिनुभयो । उक्त अनुष्ठानमा उपस्थित भएर धार्मिक लाभ तथा अध्यात्म शान्ति लिन पनि पीठले समस्त धर्मानुरागी महानुभावमा अनुरोध गरेको छ।
असत्यमाथि सत्यको र आँशुरी शक्तिमाथी दैवी शक्तिको विजय उत्सवका रुपमा लिइने बडादशैंको प्रारम्भमा आस्वीन शुक्ल पक्ष प्रतिपदादेखि नवमीसम्म प्रत्येक बर्ष देवीको सिद्ध शक्तिपीठ कालिकापीठमा देवीको विशेष पूजा आरधना गरिदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार कालिकापीठमा सतचण्डी महायज्ञ

Most Popular

चन्द्रगढी विमान स्थलको उत्तरतर्फ मूलगेट र टर्मिनल भवन बन्नुपर्ने माग

झापा १० कार्तिक । चन्द्रगढी विमान स्थलको स्तरबृद्धि पछिल्लो डिपिआर अनुसार अबिलम्ब थालिनु पर्ने माग राख्दै स्थानीयले संघर्ष थालेका छन् ।पछिल्लो डिपिआर...

एनएमसीको १२ प्रतिशत लाभांस वितरणको प्रस्ताव

झापा १० मंसीर । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले २८ औं बार्षिक साधारणसभामा पेश गर्ने बार्षिक प्रतिवेदन आज सार्वजनिक गरेको छ ।संस्थाको विर्तामोडस्थित...

पत्रकार काफ्ले र गौतमद्वारा ‘नारी सञ्चार प्रोत्साहन’ अक्षयकोषमा सहयोग

झापा ८ मंसीर । झापाका महिला संचारकर्मीहरुको छाता संगठन नारी सञ्चार गृहले बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरेको अक्षयकोषमा दुई पत्रकारले सहयोग रकम...

मुक्तिचोकमा सरसफाइ र पुष्परोपण, बोलेनन् मन्त्री !

झापा ९ मंसीर । मुक्तिचोक । वास्तवमा यो चोक सबैको मुक्तिका लागि अधिकार बोल्ने मुख्य थलोको रुपमा परिचित छ ।यो चोकमा उभिएर...

Recent Comments