Home समाचार नेपाल खुल्ला दिसामुक्त घोषीत

नेपाल खुल्ला दिसामुक्त घोषीत

झापा असोज । ठूला शहरहरुमा सार्वजनिक शौचालयको अभाव सर्वसाधारणले भोगीरहेका बेला सोमबार राजधानीमा आयोजित एक समारोहका बीच नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको छ ।
राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल खुला दिसामुक्त राष्ट्र भएको घोषणा गर्दै सडकलाई समेत मानवमुक्त सडक बनाउने उद्घोष गरेका हुन् ।
सरकारले सन् २०११ सालदेखि खु ल्ला दिसामुक्त अभियान शुरु गरेको थियो । प्रथम चरणमा गाउँ÷नगरलाई खुल्ला दिसामुक्त अभियान अघि बढाइएको थियो । गाउँ नगरपश्चात हरेक जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न शुरु गरिेएको थियो । सोही अभियान अन्तरगत सबैभन्दा पहिला खुल्ला दिसामुक्त घोषणा हुने जिल्ला कास्की हो ।
अभियानमा सबै राजनीतिक दल, पेशा र व्यवसायमा संलग्न रहेकाले पनि देशलाई नै खुला दिसामुक्त घोषणा गर्न सक्ने अवस्थामा आइपुगेको खानेपानी मन्त्रालयको भनाइ छ । खुला दिसामुक्त राष्ट्र घोषणा भएसँगै सरसफाइ अभियानलाई तीव्रता दिइने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार नेपाल खुल्ला दिसामुक्त घोषीत

Most Popular

Recent Comments