Home समाचार व्यवसायी अपहरणमा संलग्न चार पुर्पक्षका लागि थुनामा

व्यवसायी अपहरणमा संलग्न चार पुर्पक्षका लागि थुनामा

भद्रपुर । विर्तामोडका एक व्यवसायीलाई अपहरण गरी ४० लाख फिरौती माग गरेको घटनामा संलग्न ४ जना पूर्पक्षका लागि कारागार चलान भएका छन् ।
झापा जिल्ला अदालतको आदेशमा थप अनुसन्धानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
अपहरणमा संलग्न अभियुक्त बिर्तामोड–४ मा मोटर साइकल रिकण्डिशन सञ्चालक २९ वर्षीय मेराज खान, इलाम फाकफोकथुम – १ घर भई, विर्तामोड–२ चारपाने बस्ने रितु फियाक, दार्जिलिङ खोरीबारी ठेगाना बताउने २७ वर्षीय सञ्जु क्षेत्री भन्ने सुजन शंकर र बिर्तामोड–४ का २५ वर्षीय प्रकास दासलाई जिल्ला अदालत झापाले शुक्रबार पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । पक्राऊ परेका मध्ये महिलालाई विराटनगरस्थित बाल आश्रममा पठाइएको श्रेष्ठले जानकारी दिनुभयो । कम उमेरका कारण कारागारमा राख्न नमिल्ने भएपछि उनलाई विराटनगर पठाइएको हो ।
उनीहरुले युवतीको प्रयोग गरि बिर्तामोडका एक व्यवसायीलाई अपहरण गरेका थिए । अपहरण पछि ती व्यवसायीको नाङ्गो भिडियो बनाएर ४० लाख फिरौती मागेका थिए । गत असार १ गते व्यवसायीको अपहरण गरेका उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीले ३ गते पक्राउ गरेको थियो ।
अपहरण गरेर फिरौति माग्ने गिरोहलाई अपहरण तथा शरीर बन्धक अन्तरगत प्रहरीले मुद्दा तथा गरेको बताइएको थियो । तर, उक्त घटनामा संगठित अपराध ऐन पनि आकर्षित भएपछि संगठित अपराधको मुद्दा समेत थप भएको थियो
संगठित अपराध ऐन–२०७० मा जघन्य अपराधमा तीन जनाभन्दा बढि व्यक्तिको सहभागी र योजनाबद्ध घटना भएमा संगठित अपराध मुद्दा चलाउने व्यवस्था छ ।
अपराध पुष्टि भएमा जम्मा सजाँयको ५० प्रतिशत सजाँय थप गराउने ऐनमा उल्लेख छ । अपहरण तथा शरीर बन्धकमा १० वर्ष, अपराधिक लाभ ७ वर्ष र लागुऔषध मुद्दामा ५ वर्ष कैद सजाँय हुने ऐनले व्यवस्था गरेको छ ।
सो गरोहले बिर्तामोड–४ कुमारी बैंक पछाडिको गल्लीमा घर भाडामा लिई व्यवसायी अपहरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार व्यवसायी अपहरणमा संलग्न चार पुर्पक्षका लागि थुनामा

Most Popular

चन्द्रगढी विमान स्थलको उत्तरतर्फ मूलगेट र टर्मिनल भवन बन्नुपर्ने माग

झापा १० कार्तिक । चन्द्रगढी विमान स्थलको स्तरबृद्धि पछिल्लो डिपिआर अनुसार अबिलम्ब थालिनु पर्ने माग राख्दै स्थानीयले संघर्ष थालेका छन् ।पछिल्लो डिपिआर...

एनएमसीको १२ प्रतिशत लाभांस वितरणको प्रस्ताव

झापा १० मंसीर । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले २८ औं बार्षिक साधारणसभामा पेश गर्ने बार्षिक प्रतिवेदन आज सार्वजनिक गरेको छ ।संस्थाको विर्तामोडस्थित...

पत्रकार काफ्ले र गौतमद्वारा ‘नारी सञ्चार प्रोत्साहन’ अक्षयकोषमा सहयोग

झापा ८ मंसीर । झापाका महिला संचारकर्मीहरुको छाता संगठन नारी सञ्चार गृहले बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरेको अक्षयकोषमा दुई पत्रकारले सहयोग रकम...

मुक्तिचोकमा सरसफाइ र पुष्परोपण, बोलेनन् मन्त्री !

झापा ९ मंसीर । मुक्तिचोक । वास्तवमा यो चोक सबैको मुक्तिका लागि अधिकार बोल्ने मुख्य थलोको रुपमा परिचित छ ।यो चोकमा उभिएर...

Recent Comments