Home समाचार १० बुँदे कार्ययोजनासहित एनआरएनए अध्यक्षमा कुल आचार्यको उम्मेद्वारी

१० बुँदे कार्ययोजनासहित एनआरएनए अध्यक्षमा कुल आचार्यको उम्मेद्वारी

लन्डन २५ सेप्टेम्बर । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा कुल आचार्यले औपचारिकरुपमा उम्मेद्वारी घोषणा गरेका छन् । संघको उपाध्यक्ष रहेका आचार्यले आगामी कार्यकाल २०१९–२०२१ का लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् ।
भूतपूर्व गोर्खा सैनिकहरुको बाक्लो बसोबास रहेको बेलायतको अल्डरशटस्थित एम्पायर हलमा घोषणासभा मार्फत आचार्यले आगामी अक्टोवर १५ देखि १७ तारिखसम्म काठमाडौंमा हुने संघको नवौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशनमा आगामी कार्यकालका लागि आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने बताए ।
विश्व सम्मेलनको पूर्वसन्ध्यामा विभिन्न मुलुकहरुमा पुगेर राय तथा सुझाव लिए पछि आचार्यले संघको आगामी नेतृत्वका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।
एनआरएन अभियानलाई नयाँ गति र दिशा दिने अठोटका साथ केन्द्रिय अध्यक्षमा उम्मेद्वारी दिने निर्णय गरेको जानकारी दिंदै आचार्यले एनआरएनएलाई मौलिक दृष्टिकोण र ठोस प्रतिवद्धताका साथ अगाडि बढाउने भिजनरी नेतृत्व आवश्यक भएको बताए । संस्थालाई अझ गतिशील, सशक्त, संस्थागत र समावेशी बनाउने उनको संकल्प छ ।
उनले आफ्नो उम्मेद्वारी घोषणासँगै संस्थाको गतिशिलताका लागि १० बुँदे प्रतिवद्धतापत्र समेत सार्वजनिक गरेका छन्।
आचार्यले सार्वजनिक गरेको प्रतिवद्धतापत्रमा संसारभर फैलिएका गैरआवासीय नेपालीहरुसंग रहेको श्रोत, सीप, क्षमता र सम्पर्क नेपालको सामाजिक तथा आर्थिक उन्नतिको लागि बौद्धिक तथा आर्थिक लगानी मार्फत भित्र्याउन ठोस कार्ययोजनासहित अघि बढ्ने बताएका छन् ।
त्यसैगरी वैदेशिक रोजगारलाई मर्यादित र व्यवस्थित बनाएर देश निर्माणको आधार बनाउन आगामी दुई बर्षभित्र वैदेशिक रोजगार राहत कोषलाई कम्तिमा दोव्वर गर्ने, वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको समस्या बुझ्न र समाधानको पहल गर्न एनआरएनए हटलाइनको व्यवस्था गर्ने, एनआरएन सीप विकास केन्द्रको स्थापना गर्ने, विदेशमा काम गरेर फर्किएका नेपालीहरुको सञ्जाल बनाई उनीहरुसंग रहेको सीप, श्रोत र ज्ञान नेपालको विकासमा लगाउन पहल गर्ने समेत प्रतिवद्धता गरे।
उनले एनआरएनएलाई सबै सदस्यहरुको सहकार्यका आधारमा एउटा सशक्त र गतिशील संस्था बनाउन आफुले उम्मेद्वारी दिएको बताए । उनले नागरिकता प्राप्तीको प्रक्रियालाई सरल र छिटोछरितो बनाउनुका साथै गैरआवासीय नेपाली नागरिकताको आधारमा छुट्टै राहदानी उपलव्ध गराउन समेत पहल गर्ने प्रतिबद्धता घोषणापत्रमा समेटेका छन्।
‘नेपाली नागरिकको हैसियतको हाम्रो सम्पत्ति गैरआवासीय नेपाली नागरिकता पाएपछि पनि सुरक्षित हुनेछ भन्ने प्रष्ट खुलाउन पहल गर्नेछु,’ आचार्यले भने –‘समान पेन्सनका साथै आफ्ना वयस्क छोराछोरीहरुलाई बेलायत ल्याउन दिनुपर्ने भूतपूर्व गोर्खा सैनिकहरुको मागमा मेरो पूर्ण समर्थन छ, हाल बेलायतमा बसोवास गरिरहेका गोर्खा सैनिकहरुको नेपाली नागरिकता कायमै रहने निर्णय गर्न नेपाल सरकार तथा प्रमुख दलहरुसंग मैले पहल गर्नेछु।’
अध्यक्षका दावेदार आचार्यले गैरआवासीय नेपाली लगानीकर्ताहरुबाहेक एनआरएनएका सदस्यहरुको सम्पर्क र सम्वन्धलाई प्रयोग गर्दै विदेशी लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने बताए। उनले बढी भन्दा बढी मुलुकहरुसंग द्विपक्षीय लगानी प्रवद्र्धन तथा परियोजना सहमति एवं दोहोरो कर मुक्ती सम्झौताहरु गर्न नेपाल सरकारसंग संस्थागत पहल गर्ने प्रतिवद्धता गरे। त्यसै गरि नेपालका सबै नियोगहरुमा एनआरएन एएनसीसीहरुलाई पनि समावेश गरी स्थायी प्रकृतीको आर्थिक कूटनीति समिति बनाउन समेत परराष्ट्र मन्त्रालयलाई आग्रह गर्ने बताए।
संघका पूर्व अध्यक्ष शेष घलेको कार्यकालमा तयार पारिएको तथा एनआरएनए आइसीसीद्वारा पारित ‘भिजन २०२० एण्ड वियोण्ड अवधारणालाई चरणवद्ध कार्यान्वयन गर्ने उनको प्रतिवद्धता छ । त्यसैगरि आगामी २ बर्ष भित्र सदस्य संख्या कम्तिमा एकलाख पु¥याउन विशेष अभियान सन्चालन गर्ने, संघका एनसीसी एवं सदस्यहरुद्वारा गरिने कल्याणकारी कामहरु एनआरएन एफाउण्डेसन मार्फत गर्ने व्यवस्था मिलाउने उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार १० बुँदे कार्ययोजनासहित एनआरएनए अध्यक्षमा कुल आचार्यको उम्मेद्वारी

Most Popular

बाँसमा भविष्य खोज्दै बुद्धशान्तिका युवा

झापा । भारत सरकारले ‘बेम्बो वाटर बोटल’लाई प्लास्टिकको विकल्पका रुपमा प्रयोग गर्न सकिने गरेको घोषणाले झापाका तीन युवाको मन छोयो ।खेतबारीमा बार वार्ने,...

सहाराद्वारा परिवार राहत वितरण

लक्ष्मीपुर । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लक्ष्मीपुर सेवा केन्द्रले २ जना ७५ बर्ष माथिका जेष्ठ सदस्यलाई परिवार राहत...

कनकाई नदीमा झोलुङ्गे पुल निर्माणको शिलान्यास

शिवगञ्ज । झापाको शिवसताक्षी नगरपालिका ७ को कनकाई नदीमा झोलुङ्गे पुल निर्माण हुने भएको छ ।लालपानी चन्द्रडाँगी जोड्ने कनकाई नदीमा बन्न...

अपाङ्ग आश्रमलाई खाद्यान्न र कपडा हस्तान्तरण

झापा । मेचीमहाकाली बुहारी संयुक्त आवाजले अर्जुनधारामा रहेको अपाङ्ग बालशिक्षा सरोकार केन्द्रमा आश्रित बालबालिकालाई खाद्यान्न तथा लत्ताकपडा हस्तान्तरण गरेको छ ।घरेलु हिंसाका...

Recent Comments