Home खेल तेस्रो स्पोट्र्स अवार्ड प्रतिभा सार्वजनिक

तेस्रो स्पोट्र्स अवार्ड प्रतिभा सार्वजनिक

बिर्तामोड । नेपाल खेलकुदर पत्रकार मञ्च झापा शाखाले तेस्रो झापा स्पोर्टस् अवार्ड २०७५ का लागि प्रतिभाको नाम सार्वजनिक गरेको छ ।
तेस्रो संस्करणका लागि विभिन्न चार विधामा प्रत्येक विधाबाट तीन–तीन जना र दुई विधामा छनौट समितिले लोकप्रियताको आधारमा एक–एक जनालाई छनौट गरेको छनौट समितिका संयोजक बुद्ध तामाङले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
छनौटमा परेकालाई असोज १३ गते सोमबार बिर्तामोडमा आयोजित समारोहका बीच अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष हिमाल खरेलले जानकारी दिनुभयो ।
शारीरिक सुगठनबाट वर्ष खेलाडी पुरुषतर्फ उमेश राई र राम दाहाल, फुटबलतर्फ नवयुग श्रेष्ठ छनौटमा परेका छन् भने वर्ष खेलाडी महिला तर्फ कराँतेकी एस्तर राई, फुटबलतर्फ अञ्जिला तुम्वाम्फो सुब्बा र भलिबलबाट विनिता बुढाथोकी छनौटमा परेका छन् ।
वर्ष खेलाडी पुरुषलाई एकथान मोटरसाइकल र महिलालाई एक थान स्कुटर प्रदान गरिने आयोजकले जनाएका छन् ।
वर्ष उत्कृष्ट युवा खेलाडीका रुपमा फुटबलमा छिरिङ गुरुङ, क्रिकेटबाट अप्सरी बेगम र व्याडमिन्टनबाट अमिता गिरी वर्षोत्कृष्ट युवा खेलाडीमा पर्न सफल भएका छन् भने वर्षोत्कृष्ट प्रशिक्षकमा फुटबलका हरि खड्का, बक्सिङका डम्बर लिम्बू र योगेश चाम्लिङ रहेका छन् । युवा खेलाडी र उत्कृष्ट प्रशिक्षणलाई नगद २५ हजार र ट्रफि प्रदान गरिने तयारी गरेको मञ्चका निवर्तमान अध्यक्ष रमेश समदर्शीले बताउनु भयो ।
पिपुल्स च्वाइट अन्तर्गत एक खेलाडीलाई २५ हजार र लाइफ टाइम एचिभ्मेनट अवार्डसहित एकजनालाई ३५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएका छन् ।
अवार्डलाई स्थापनाकालदेखि नै एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङले आफ्ना भाइ पूर्व फुटबलर स्व. आशिषविक्रम नेम्वाङको स्मृतिमा एकलाख रुपैयाँ प्रदान गर्दै आएका छन् ।
त्यस्तै पुरस्कारका लागि सहारा नेपाल साकोसले दुई लाख रुपैयाँ प्रदान गर्दै आएको अध्यक्ष खरेलले बताउनु भयो ।
यसअघि दोस्रो अवार्ड वितरणमा भने झापा–११ फुटबल क्लबका संरक्षक जलकुमार गुरुङले दोस्रो आमा स्व. राजकुमारी गुरुङ, बुबा स्व. बलबहादुर गुरुङ र भाउजु स्व. तिलमाया गुरुङको स्मृतिमा एक थान स्कुटर र मोटरसाइकल प्रदान गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

खेल तेस्रो स्पोट्र्स अवार्ड प्रतिभा सार्वजनिक

Most Popular

Recent Comments