Home अर्जुनधारा संविधान दिवसको अवसरमा म्याराथन

संविधान दिवसको अवसरमा म्याराथन

शनिश्चरे । अर्जुनधारा नगरपालिकाले संविधान दिवसको अवसर पारेर वडास्तरीय महिला–पुरुष मिनी म्याराथन दौड प्रतियोगिता विहिबार सम्पन्न गरेको छ ।
दौड प्रतियोगिता वडा नम्बर–११ स्थित सालबारीबाट शनिश्चरे बजारको देवकोटा चोकसम्म गरिएको हो ।
प्रतियोगितामा पुरुषतर्फ प्रथम विवश श्रेष्ठ, द्वितीय आयुष बुढाथोकी, विनोद हुमागाँई तेस्रो भएका थिए ।
त्यसैगरी महिलातर्फको दौडमा सोनिया सेन्चुरी प्रथम, रिता गजमेर दोस्रो र रितु मुर्मु तेस्रो भएका थिए । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमश दुईहजार, १५ सय र एकहजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि तथा प्रदेश सांसद बृख प्रधान र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेलले पुरस्कार वितरण गरेका थिए ।
संविधान दिवस आयोजक समितीका कार्यवाहक अध्यक्ष रघुनाथ खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रधान लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
वडा सदस्य होम दुलालले सञ्चालन गरेको कार्यक्रममा बोर्ड सदस्य रमेश तिखत्रीले स्वागत गर्नुभएको थियो । संविधान दिवस अवसरमा नगर क्षेत्रका नीजि तथा सामुदायिक विद्यालयमा जनप्रतिनिधिको अनिवार्य उपस्थितिमा राष्ट्रिय झण्डा वितरण र विद्यालयको अतिरिक्त कृयाकलाप सम्पन्न भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

अर्जुनधारा संविधान दिवसको अवसरमा म्याराथन

Most Popular

Recent Comments