Home समाचार नागरिक–सैनिक अन्तरक्रिया

नागरिक–सैनिक अन्तरक्रिया

विर्तामोड २ असोज । सैनिकप्रति नागरिकको धारणा बुझ्ने उद्देश्यले झापामा पहिलोपटक नागरिक(सैनिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
विर्तामोडस्थित होटल हेवन ग्राण्डमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रकोपछिको पुनस्र्थापना, विकास निर्माण र सरकारले दिएको जिम्मेवारीलाई इमान्दारीपूर्वक सेनाले पूरा गरेका विषयवस्तु समेटिएको डकुमेन्टूी प्रस्तुत गरिएको थियो ।
डकुमेन्टूीमा गत चैत १७ गतेको हावाहुरीबाट विस्थापित बनेका बारा र पर्साका घरबारबिहीनको घर निर्माणमा सेनाले गरेको योगदान समेटिएको थियो ।
सरकारले बारा र पर्साका हाराहुरी प्रभावितका लागि सरकारले प्रतिघर ५ लाख, ४५ हजार, ९ सय ८५ रुपैयाँ विनियोजन गरेपनि गुणस्तरमा सम्झौता नगरी नेपाली सेनाले ४ लाख ८४ हजार ८ सय ८८ रुपैया ६० पैसामा घर निर्माण सम्पन्न गरेको र गत भदौ १८ गते स्थानीयलाई हस्तान्तरण गरिसकेको छ ।
डकुमेन्टूी प्रदर्शनसँगै विभिन्न सामाजिक संघसंस्थाका अगुवा, तथा पत्रकारहरुसँग नेपाली सेनाप्रति नागरिकको अपेक्षा र गुनासाका विषयमा अन्तरक्रिया गरिएको थियो । यसअघि धनुषा, बारा र पर्सामा नेपाली सेनाबारे सर्वसाधारण नागरिकको गुनासो र सुझाव लिइसकेको नेपाली सेनाले झापामा पनि सुझाव संकलनका लागि कार्यक्रम गरेको महासेनानी प्रधुम्न पौडेलले जानकारी दिनुभयो ।
सो क्रममा सहभागीहरुले नेपाली सेनालाई राजनीति निरपेक्ष बनाएर जनताको विश्वासिलो शक्तिका रुपमा स्थापित गरिनुपर्ने, प्राकृतिक प्रकोपमा समयमा सेनाले गर्दै आएको उद्धार, राहत र पुनस्र्थापनका लागि स्रोतसाधन सम्पन्न र प्रकोप प्रतिकार्यलाई ब्यापक बनाइनुपर्ने, सेनालाई विकास निर्माणमा लगाइनुपर्ने, सेना र नागरिकबीचको जनसम्पर्कलाई बढाइनुपर्ने, सेनालाई देशको विकास निर्माणमा लगाइनुपर्ने लगायतका सुझाव प्रस्तुत गरेका थिए ।
कार्यक्रममा चारआलीस्थित श्रीनाथ गण २१ नं बाहिनीका बाहिनीपति सहायक रथी आशमानबहादुर तामाङ, सैनिक जनसम्पर्क विभागका महासेनानी इश्वरकुमार श्रेष्ठ, २१ नं बाहिनीकै सहायक बाहिनीपछि शक्तिजंग बस्नेतलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सहजीकरण प्रधुम्न पौडेलले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार नागरिक–सैनिक अन्तरक्रिया

Most Popular

Recent Comments