Home समाचार बम विस्फोट घटनामा संलग्न तीन पक्राऊ

बम विस्फोट घटनामा संलग्न तीन पक्राऊ

भद्रपुर ३१ भदौ । जिल्ला प्रहरी कार्यालय झापाले गत भदौ २२ गते जिल्लामा भएका अपराजजन्य घटना र प्रहरी कारवाही तथा चाडपर्व सुरक्षा योजनाबारे मंगलबार सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाको आयोजनामा पत्रकार सम्मेलन गर्दै जिल्लामा घटेका अपराधजन्य घटना, ती घटनामा संलग्नता र कारवाही, किर्ते नागरिकता, नजिकिंदो दशैं तिहार लक्षित चाडपर्व सुरक्षा योजना र समसामयिक विषयमा जानकारी गराएको हो ।
प्रहरीले गत भदौ २२ गते विर्तामोड नगरपालिका वडा नं.–२ स्थित चारपानेमा अवस्थित सहारा नेपालको निर्माणाधिन कार्यालय र गौरादह नगरपालिकाका प्रशासकीय अधिकृत सागर मिश्रले प्रयोग गर्दै आएको बा.२.झ २५७० नम्बरको स्कारपियो गाडीमा बम प्रहार गरेको आरोपमा झापा हल्दिवारी–५ का टिका पोखरेल, इलाम माङ्सेबुङका प्रविन मिश्र र मकवानपुर भिमफेदीका अनुल सारु मगर रहेका छन् ।
उनीहरुलाई सोमबार बिहान प्रतिबन्धित विप्लव समूहका तीनजना जिल्लास्तरीय नेता तथा कार्यकर्तालाई प्रहरीले विर्तामोडको भद्रपुर रोडस्थित नेपाल विद्युत प्राधिकरणको कार्यालय पछाडिपट्टिको घरबाट पक्राउ गरेको थियो ।
विर्तामोडमा रहेको कार्यालयमा छापा मारेर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिबन्धित विप्लव समूहका कार्यकर्ता पक्राउ पर्नुले नजिकिएको दशैं अघि गराउन सक्ने निकै ठूलो दुर्घटना र चन्दा आतंक टरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख दिनेशराज मैनालीको भनाई छ । पत्रकार सम्मेलनमा पत्रकारलाई जानकारी दिंदै मैनालीले भने–‘जिल्लाको कुनै पनि ठाउँमा दशैं अघि नै घटना हुन् सक्थ्यो, दशैंको मुखमा चन्दा आतंक बनाउने योजना रहेको पक्राऊ परेकाहरुसंगै प्राप्त प्रमाण साथै अनुसन्धानले देखाएको छ ।’
पत्रकार सम्मेलनमा विप्लव समूहबाट बरामद गरिएका पेस्तोल तथा त्यसमा लाग्ने गोली, पुस्तक, पर्चा, पत्रिका साथै अन्य विभिन्न कागजात प्रहरीले सार्वजनिक गरेको थियो ।
गरामनीमा रहेको विर्तामोड नगरपालिका ७, ८ र ९ नम्बर वडाको संयुक्त वडा कार्यालयमा विस्फोट गराउन संलग्न ५ जनासहित विप्लव समूहका ८ जना कार्यकर्ता समातिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
श्रेष्ठका अनुसार उनीहरुले चन्दा आतंक मच्चाएको तथा विभिन्न स्थानमा रहेका एनसेलका टावरमा आगजनी गरे थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार बम विस्फोट घटनामा संलग्न तीन पक्राऊ

Most Popular

चन्द्रगढी विमान स्थलको उत्तरतर्फ मूलगेट र टर्मिनल भवन बन्नुपर्ने माग

झापा १० कार्तिक । चन्द्रगढी विमान स्थलको स्तरबृद्धि पछिल्लो डिपिआर अनुसार अबिलम्ब थालिनु पर्ने माग राख्दै स्थानीयले संघर्ष थालेका छन् ।पछिल्लो डिपिआर...

एनएमसीको १२ प्रतिशत लाभांस वितरणको प्रस्ताव

झापा १० मंसीर । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले २८ औं बार्षिक साधारणसभामा पेश गर्ने बार्षिक प्रतिवेदन आज सार्वजनिक गरेको छ ।संस्थाको विर्तामोडस्थित...

पत्रकार काफ्ले र गौतमद्वारा ‘नारी सञ्चार प्रोत्साहन’ अक्षयकोषमा सहयोग

झापा ८ मंसीर । झापाका महिला संचारकर्मीहरुको छाता संगठन नारी सञ्चार गृहले बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरेको अक्षयकोषमा दुई पत्रकारले सहयोग रकम...

मुक्तिचोकमा सरसफाइ र पुष्परोपण, बोलेनन् मन्त्री !

झापा ९ मंसीर । मुक्तिचोक । वास्तवमा यो चोक सबैको मुक्तिका लागि अधिकार बोल्ने मुख्य थलोको रुपमा परिचित छ ।यो चोकमा उभिएर...

Recent Comments