Home बुद्धशान्ति इडेन गार्डेनमा बाल दिवस

इडेन गार्डेनमा बाल दिवस

बाल दिवसको अवसर पारेर इडेन गार्डेन एजुकेसन फाउन्डेसन बिर्तामोडले आइतबार बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यार्थीहरुकै नेतृत्वमा भएको उक्त कार्यक्रमको सभापतिमा कक्षा १० कि छात्रा सुस्मा महरा थिन भने औपचारिक कार्यक्रम कक्षा १० कि छात्रा लिजा आचार्य ले संचालन गरेकी थिइन् । कार्यक्रममा नृत्य प्रतिस्पर्धात्मक थियो भने गायन लाई मनोरञ्जनात्मक रुपमा प्रस्तुत गरिएको थियो । कार्यक्रमा पहिले नै छनोट गरेर ल्याइएका विद्यार्थीहरु बिच नृत्य विधाको फाइनल रहेको थियो नृत्य बिधामा केही भिन्न तरिका ले बिजेता छनोट गरिएको थियो ।

बिद्यालयले पहिले नै छनोट चरणबाट नै विद्यार्थी लाई चार डिभिजनमा बाडिएको थियो र प्रत्येक डिभिजन मा ९ जना प्रतिस्पर्धी रहेकोमा प्रत्येक डिभिजन बाट पहिलो दोस्रो र तेस्रो छुट्टाइएको थियोे । डिभिजन डि बाट आरुशी मैनाली प्रथम सुरुची लुइँटेल द्वितीय र भुमिका चौधरी तृतीय सीबाट सन्ध्या सिटौला, सृष्टि पौडेल, कृतिका आचार्य र बि बाट कोमल बिक,रेस्मा योङ्हाङ र संस्कृती ए बाट कन्चन योवा, नुमा लिम्बू जोनिशा राई क्रमश प्रथम द्वितीय र तृतीय भएका थिए । कार्यक्रममा नाच्न र गाउन चाहाने सबै विद्यार्थीलाई अवसर प्रदान गरिएको थियो । नृत्य को निर्णायकमा एक जना विद्यालय बाहिर बाट बोलाइएको थियो भने एक जना विद्यालय प्राइमरी इन्चार्ज गिता बास्तोला रहेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

बुद्धशान्ति इडेन गार्डेनमा बाल दिवस

Most Popular

Recent Comments