Roshan Bhattarai / बुद्धशान्ति गाउँपालिका स्थित बुधबारेमा सुविधा सम्पन्न अल्टिमेट जिम हाउस खुलेको छ । अजित भट्टराई र डेबिड बानियाँको संयुक्त लगानीमा खुलेको उक्त जिम हाउस आज आइतबार देखि संचालनमा आएको हो । नयाँ टेक्नोलोजीका साथ आएको उक्त जिम सेन्टर बिहान ४ बजे देखि ९ बजे सम्म र बेलुका ३ बजेदेखि ८ बजे सम्म खुल्ने जिम हाउसका संचालक भट्टराईले बताएका छन् ।
बुधबारेमा कुनै पनि जिम हाउस नभएर यहाँका मानिसहरुलाई समस्या परिरहेको बेला भट्टराई र बानियाँको संयुक्त लगानीमा खोलिएको उक्त जिम हाउसको भर्ना शुल्क १००० र मासिक शुल्क १५०० राखिएको छ ।

