Home मनोरञ्जन मनकामना साहित्यिक परिवारको नयाँ नेतृत्व

मनकामना साहित्यिक परिवारको नयाँ नेतृत्व

बिर्तामोड २९ भदौ । बिर्तामोडस्थित मनकामना बहुमुखी क्याम्पसको साहित्यिक परिवारमा नयाँ कार्यसमिति चयन भएको छ ।
साहित्यको आइतबार सम्पन्न तेस्रो साधारणसभाले हरिकृष्ण भण्डारीको नेतृत्वमा ११ सदस्य समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा पुर्णिमा दाहाल, सचिवमा इन्साफ भाइ ढुङ्गेल सहसचिवमा उमेश खतिवडा र कोषाध्यक्षमा माल्भिका लक्सम्बालाई चयन गरेको छ ।
त्यसैगरी सदस्यहरुमा किशोरचन्द्र इङ्नाम, प्रकृति घिमिरे, दीक्षा रिजाल, सुजता नेउपाने, दिवश श्रेष्ठ र आयुष नेउपाने रहेका छन् ।
त्यसैगरी संरक्षक शिक्षकहरुमा सहायक क्यापस प्रमुख राजेन्द्र प्रसाईं र डा.पुन्यप्रसाद सिग्देल तथा सल्लाहकार संयोजकमा शिक्षक कुमार थपलियालाई चयन गरेको छ ।
मनकामना क्याम्पस साहित्यिक परिवारका अध्यक्ष संगीता कोइरालाको अध्यक्षता तथा क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा क्याम्पस सहायक प्रमुख प्रसाईं र शिक्षक कुमार थपलियाले आ–आफ्ना धारणा राखेका थिए ।
मनकामना साहित्य परिवारका कोषाध्यक्ष रोसन भट्टराईले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन हरिकृष्ण भण्डारीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

मनोरञ्जन मनकामना साहित्यिक परिवारको नयाँ नेतृत्व

Most Popular

Recent Comments