Home समाचार बाफतउसको अध्यक्षमा पुनः चौहान

बाफतउसको अध्यक्षमा पुनः चौहान

शनिश्चरे २८ भदौ । अर्जुनधारा नगरपालिका–५ स्थित बाँसबारी फलफूल तथा तरकारी उत्पादक सहकारी संस्थाको अध्यक्षमा पुनः खड्गप्रसाद चौहान सर्वसम्मत चयन हुनु भएको छ ।
संस्थाद्वारा शनिवार स्थानीय दैवी प्रकोप व्यवस्थापन समितिको भवनमा आयोजित नवौं बार्षिक साधारणसभाबाट चौहान अध्यक्षमा सर्वसम्मत चयन हुनु भएको हो ।समितिको उपाध्यक्षमा नेत्रप्रसाद सिटौला, सचिवमा मदन थापा, सहसचिवमा प्रेमकुमारी माझी र कोषाध्यक्षमा संगिता कार्की चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा झमककुमारी मोक्तान, देवी गिरी, कृष्ण पौडेल, फूलमाया कार्की र पूर्णबहादुर विष्ट चयन भएका छन् ।

अध्यक्ष चौहान

आगामी ४ वर्षसम्म कार्यकाल रहने समितिको लेखा समिति संयोजकमा रुद्रप्रसाद सिटौला, बाल बचत उपसमिति संयोजकमा रोहित अधिकारी चयन भएका छन् ।
कार्यक्रममा संस्थाका अध्यक्ष चौहानले संस्थाको गतिविधि समेटिएको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सचिव मदनबहादुर थापाले लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
चौहानको अध्यक्षता तथा अर्जुनधारा नगरपालिका–५ का वडाध्यक्ष ध्यानबहादुर भारतीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि भारती, नगरपरिषद सदस्य देवीमाया घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सचिव थापाले सञ्चालन गरेको कार्यक्रममा स्वागत कोषाध्यक्ष संगीता कार्कीले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार बाफतउसको अध्यक्षमा पुनः चौहान

Most Popular

Recent Comments