Home समाचार जेसीज सप्ताहमा फोटो प्रदर्शनीदेखि ज्येष्ठ नागरिक सम्मान

जेसीज सप्ताहमा फोटो प्रदर्शनीदेखि ज्येष्ठ नागरिक सम्मान

बुधबारे २७ भदौ । बुधबारे जेसीजको जेसीज सप्ताह शुक्रबार सम्पन्न भएको छ । सोमबारबाट सुरु जेसीज सप्ताहमा विभिन्न कार्यक्रम गरिएका छन् । समापनको दिन जेसीज सप्ताह अन्तर्गत बुद्धशान्ति गाउँपालिकाका धार्मिक तथा पर्यटकीय स्थल, ऐतिहासिक सम्पदा, संभावना बोकेका क्षेत्र र बुद्धशान्तिका धरोहरहरु समेटेर फोटो प्रर्दशन गर्नुका साथै लिडरसीप तालिम पनि गराइएको थियो ।
बुधबारे जेसीजका अध्यक्ष जेसी हेमन्त बरालको अध्यक्षतामा रेडक्रस भवन बुधबारेमा सम्पन्न कार्यक्रममा नेपाल जेसीजकी पूर्व उपाध्यक्ष मञ्जरी घिमिरेले लिडरसीप तालिम प्रदान गरेकी दिनुभएको थियो । तालिममा जेसीजका पदाधिकारी, शिक्षक, विभिन्न विद्यालयका विद्यार्थी, संघ–संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।
जेसीज सप्ताह अन्तर्गत जेष्ठ नागरिक सम्मान, दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले स्लो मोटरसाइकल रेस, रक्तदान, शैक्षिक सामग्री वितरण, फोटो प्रदर्शनी र लिडरसीप तालिम सम्पन्न भएको बुधबारे जेसीजका कार्यकारिणी उपाध्यक्ष जेसी अनिल वाग्लेले जानकारी दिनुभयो ।
कार्यक्रममा बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनञ्जयकुमार शाह, झापा उद्योग वाणिज्य संघ शाखा बुधबारेका अध्यक्ष रुद्र चापागाई, बुधबारे जेसीजका पूर्व अध्यक्षद्धय जेसी सेमन्त पोखरेल र फडिन्द्र चापागाई, युवा व्यवसायी मदन प्रसाईं लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
महासचिव जेसी मुकेश भट्टराईले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष जेसी नवराज कोइरालाले गर्नुभएको थियो । बुधबारे जेसीजका पूर्व अध्यक्ष जेसी सेमन्त पोखरेलको संयोजकत्वमा जेसीज सप्ताह भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार जेसीज सप्ताहमा फोटो प्रदर्शनीदेखि ज्येष्ठ नागरिक सम्मान

Most Popular

Recent Comments