Home समाचार कुकुरको टोकाईबाट बाँसबारी सामुदायिकका हरिण मरे

कुकुरको टोकाईबाट बाँसबारी सामुदायिकका हरिण मरे

मेचीनगर । सामुदायिक कुकुरको टोकाईबाट मेचीनगर नगरपालिका–११ मा स्थित बाँसबारी सामुदायिक वनमा पालिएका तीन वटा हरिण मरेका छन् ।
कुकुरको टोकाईबाट तीनवटा हरिण मरेका छन् भने एउटा घाइते भएको बाँसबारी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष शम्भु राजवंशीले जानकारी दिनुभयो ।
वन समितिले तारजालीले घेरा हालेर पालेको हरिण पालेको स्थानमा चार वटा सामुदायिक कुकुर पसेर टोकेर मारेको अध्यक्ष राजवंशीले बताउनु भयो । बिहान ६ बजेतिर हरिण कराउन थालेपछि वनका कर्मचारी घटनास्थल पुगेका थिए । कर्मचारी पुगेलगत्तै कुकुर भागेको अध्यक्ष राजवंशीको भनाई छ ।
कुकुरको टोकाइबाट मरेका हरिणमध्ये दुई वटा पोथी र एउटा भाले रहेको जिल्ला डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिनुभयो।
घिमिरेका अनुसार भेट्नरी अस्पताल तथा पशु सेवा विभाग कार्यालय झापाका डा सञ्जय ढुङ्गाना र डा गणेश भट्टराई लगायतको टोलीले मृत हरिणको ‘पोस्टमार्टम’ गरेका थिए ।
पोस्टमार्टम’पछि तीनवटै हरिणलाई वन कार्यालयको परिसरभित्रै डिभिजन कार्यालय झापाका टोली, वन समितिका पदाधिकारी, स्थानीयवासी र पत्रकारको रोहबरमा गाडिएको छ ।
विगत ११ वर्षदेखि वनले हरिणलगायत अन्य जीवजन्तु पाल्दै आएको बताइएको छ । हाल वनमा पाँच वटा पोथी हरिण र तीन वटा भाले हरिण रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार कुकुरको टोकाईबाट बाँसबारी सामुदायिकका हरिण मरे

Most Popular

Recent Comments