Home समाचार भद्रपुरद्वारा रोटरी रक्तदान

भद्रपुरद्वारा रोटरी रक्तदान

भद्रपुर। डेंगुका बिरामी बढेसँगै जिल्लामा रगतको अभाव देखिएपछि रोटरी क्लव अफ भद्रपुरले बुधबार भद्रपुरमा रक्तदान सम्पन्न आयोजना गरेको छ ।
भद्रपुर–५ स्थित सरावगी प्लाइउड उद्योग परिसरमा क्लवका अध्यक्ष टिकाराज ढकालको अध्यक्षतामा आयोजित कार्यक्रममा ५ महिलासहित ४२ जनाले रक्तदान गरेका थिए । प्रदीप सरावगीको संयोजकत्वमा सम्पन्न कार्यक्रमको उद्घाटन भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठले गरेका थिए ।
ईश्वर अधिकारीले सञ्चालन गरेको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापाले प्राविधिक सहयोग गरेको थियो भने रक्तदातालाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार भद्रपुरद्वारा रोटरी रक्तदान

Most Popular

Recent Comments