Home समाचार संखुवासभाको बाह्रविसे बजार जोखिममा

संखुवासभाको बाह्रविसे बजार जोखिममा

संखुवासभा २५ भदौ । संखुवासभाको सभापोखरी गाउँपालिका–४ स्थित फाक्सीबुङमा झरेको पहिरोले सभाखोला थुनिएपछि बस्ती जोखिममा परेको छ ।
अविरल वर्षाका कारण बुधबार दिउँसो पहिरो खसेपछि खोला थुनिएको हो । सभापोखरी गाउँपालिकाको केन्द्र बाह्रबिसे बजारभन्दा ३ किलोमिटर उत्तरमा रहेको फाक्सीबुङको पाखो बगेर सभाखोला थुनिदा तीन सय मिटरभन्दा ठूलो ताल जमेको सभापोखरी–६ नम्बरका वडाध्यक्ष बिकास पौडेलले जानकारी दिनुभयो ।
फाक्सीबुङ पाखो सभाखोला गाउँपालिकाको ४ र ६ नम्बर वडाको बीचमा रहेको बताइएको छ । मानव बस्ती नभएकोले मानवीय क्षति नभएपनि पहिरोले फाक्सीबुङमा रहेका गोठहरु बगाएको वडाध्यक्ष पौडेलले बताउनु भयो ।
खोला थुनिएर बनेको ताल फुटेमा सो स्थानबाट तल रहेको बाह्रबिसे बजार नै बगाउने खतरा रहेको छ । बाह्रबिसे बजारमा झण्डै सय घर रहेका छन् । माथिबाट जमेको ताल फुट्यो भने बाह्रबिसे बजार नै बगाउने खतरा रहेको छ ।
सदरमुकाम खाँदबारीबाट एकदिन टाढा पूर्वमा रहेको सो स्थानमा विगत तीन दिनदेखि अविरल वर्षा भइरहेकाले यस क्षेत्रमा पहिरो झरिरहेको छ । अविरल वर्षाका कारणले सञ्चार सम्पर्क कठिन बनेको छ भने स्थानीय त्रसित बनेका छन् । थुनिएको सभाखोला एकैपटक खुलेमा बाह्रबिसे बजारका साथै तुम्लिङटारसम्म प्रत्यक्ष असर पर्ने देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार संखुवासभाको बाह्रविसे बजार जोखिममा

Most Popular

Recent Comments