Home समाचार समाचार जागरण अभियानका लागि प्रदेश क्षेत्रस्तरीय कार्यक्रम तय

जागरण अभियानका लागि प्रदेश क्षेत्रस्तरीय कार्यक्रम तय

विर्तामोड २५ भदौ । देशब्यापी जागरण अभियानमा जुटेको कांग्रेस केन्द्रीय समितिको निर्देशन बमोजिम आज झापाका विभिन्न क्षेत्रमा क्षेत्रीय समितिको बैठक बसी जागरण अभियानका कार्यक्रम तय गरिएका छन् ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्रस्तरीय बैठक बसी जागरण अभियानका प्रदेश निर्वाचन क्षेत्रस्तरीय तथा गाउँ, नगर र वडास्तरीय कार्यक्रम तय भएका हुन् भने सबै प्रदेश तथा क्षेत्रीय समितिले असोज ३ गते संविधान दिवस विशेष कार्यक्रम तय गरेका छन् ।
यता झापा क्षेत्र नं–२ का क्षेत्रीय सभापति खगेन्द्र मैनालीको सभापतित्वमा सम्पन्न बैठकमा जागरण अभियानका लागि केन्द्रीय प्रतिनिधिहरु सुनिल शर्मा र बसन्त भट्टराई, नेपाली कांग्रेस झापाका सभापति उद्वव थापा, पूर्व सभापति सुधिरकुमार शिवाकोटी, प्रवक्ता लोकराज ढकाल, प्रदेशसभा ख का उम्मेद्वार खड्ग प्रसाईं लगायतको उपस्थितिमा सम्पन्न बैठले दुईसाताब्यापी कार्यक्रम तय गरेको हो ।
जस अन्तर्गत झापा क्षेत्र नं २ को प्रदेश क र ख मा विशेष सामाजिक संवाद र सामाजिक विकृति÷विसंगतिविरुद्ध जागरणका लागि भदौ २७ देखि असोज ५ गतेसम्मका लागि कार्यक्रम तय गरिएको २ नं क्षेत्रीय सभापति खगेन्द्र मैनालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार भदौ २८ गते प्रदेश ख को अर्जुनधारा १,२,३ नं वडा, भदौ २९ गते प्रदेश क को विर्तामोड ७,८, ९ र ख को अर्जुनधारा ४,५,७, ८ मा अन्तरक्रिया कार्यक्रम तय भएको छ।
यसैगरी भदौ ३० गते प्रदेश क को विर्तामोड १,२,३, प्रदेश ख को बुद्धशान्ति १,२,३ मा, भदौ ३१ गते प्रदेश क को विर्तामोड ४, ५, ६ र ख अन्तर्गत अर्जुनधारा ६,९,१०,११ मा र असोज २ गते कनकाई प्रदेश क अन्तर्गत कनकाई ८ र ९ मा वडास्तरीय कार्यक्रम तय भएका छन् ।
यसैगरी भदौ २७ गते अग्रज तथा प्रजातान्त्रिक योद्धा, शहीद परिवार, द्वन्द्वपीडितको आँगनमा पुग्ने कार्यक्रम तय गरिएको छ भने स्थानीय तहमा जनप्रतिनिधि भएपश्चात दुईबर्षे कार्यकालको समिक्षा असोज ४ गते र असोज ५ गते युवाकेन्द्रित कार्यक्रम गरिएको छ। असोज ३ गते संविधान दिवसमा विशेष कार्यक्रम गर्ने निर्णय गरेको बैठकले असोज ७ गते हुने जिल्लाब्यापी विरोध प्रदर्शनमा सशक्त सहभागिता जनाउने निर्णय गरेको बताइएको छ ।
यसैगरी झापा क्षेत्र नं १ ले पनि प्रदेश क र ख केन्द्रित दुईसाताब्यापी कार्यक्रम तय गरेको छ । केन्द्रीय प्रतिनिधिद्वय रमेशजंग रायमाझी र विन्दिया कार्कीको उपस्थितिमा क्षेत्रीय सभापति मणि उप्रेतीको सभापतित्वमा सम्पन्न प्रदेश क र ख को संयुक्त बैठकले जागरण अभियानका लागि कार्यक्रम तय गरेको हो ।
घोषित कार्यक्रममा प्रदेश ख का लागि भदौ २७ गते मेचीनगर ११ र १२, भदौ २८ गते बुद्धशान्ति ४ र ७, भदौ २९ गते बुद्धशान्ति ५ र ६, भदौ ३० गते भद्रपुर १०, मेचीनगर १३ र १४ मा वडास्तरीय अन्तरक्रिया कार्यक्रम तय गरिएका छन् ।
भदौ ३१ गते मेचीनगर ९, असोज १ गते प्रदेश क र ख को संयुक्त महिलाकेन्द्रित कार्यक्रम, असोज ४ गते सबै जनप्रतिनिधिसँग अन्तरकृया तथा असोज ५ गते युवासँग अन्तरक्रिया कार्यक्रम तय गरिएको क्षेत्रीय सभापति मणि उप्रेतीले जानकारी दिनुभयो ।
यसैगरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ अन्तर्गत क का लागि पनि भदौ २७ देखि ५ गतेसम्मका कार्यक्रम तय गरिएको छ ।
भदौ २६ गते मेचीनगरका अग्रज प्रजातान्त्रिक योद्धासँग भेटघाट तथा वडा नं–१ मा अन्तरकृया, २७ गते मेचीनगर ४ र ६, २८ गते मेचीनगर ७ र ८, २९ गते मेचीनगर २ र ३, ३० गते मेचीनगर १० र ५, ३१ गते भद्रपुर ९ र मेचीनगर १५ मा वडास्तरीय कार्यक्रम अन्तरक्रिया तय गरिएको हो ।
यसैगरी झापा क्षेत्र नं ५ ले पनि भदौ २८ गतेदेखि ७ गतेसम्मका कार्यक्रम तय गरेको छ । ५ नं क्षेत्रीय सभापति ढुण्डि भण्डारीको अध्यक्षता र केन्द्रीय प्रतिनिधिद्वय विनोद राई र शेखरचन्द्र थापा तथा नेपाली कांग्रेस झापाका उपसभापति राम कट्टेलको उपस्थितिमा प्रदेश क र ख का सभापति तथा पदाधिकारी, सदस्यहरुको बैठकले कार्यक्रम तय गरेको हो ।
२८ गते प्रदेश निर्वाचन क्षेत्र क र ख ले सामाजिक विकृति विसंगतिविरुद्ध विशेष सामाजिक संवाद, ३० र ३१ गते क्रमशः ख र क का अग्रज प्रजातान्त्रिक योद्धाहरुको सम्मान, असोज २ गते जनप्रतिनिधि तथा पार्टीका भातृ संस्थाका प्रतिनिधिहरुसँग अन्तरक्रिया, ४ गते युवा केन्द्रित कार्यक्रम तय गरिएको झापा क्षेत्र नं–५ का क्षेत्रीय सभापति ढुण्डि भण्डारीले जानकारी दिनुभयो ।

हिपतम अभियान पाँचथरमा शुरु

पाँचथर २५ भदौ । नेपाली काँंग्रेसले प्रारम्भ गरेको ‘हिमाल, पहाड, तराई–मधेस, नेपाली कांग्रेस’ (हिपतम) अभियान पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं–५ घुर्विसे पञ्चमीबाट शुरु भएको छ ।
नेपाली कांग्रेसका संस्थापक नेता स्व। वी।पी। कोइरालाको १०६ औं जन्मजयन्तीको अवसर पारेर पाँचथर जिल्लाको प्रदेश ख निर्वाचन क्षेत्रको घुर्विसे पञ्चमी परिषरमा १०६ वटा विरुवा रोप्दै अभियानको प्रारम्भ गरिएको हो ।
पाँचथरको प्रदेश ख निर्वाचन क्षेत्रका लागि कांग्रेस केन्द्रीय प्रतिनिधि देउमान थेवेले बृक्षरोपणस्थलमै वीपीको तस्विरमा माल्यार्पण गरी जागरण अभियानको सुभारम्भ गर्नुभयो।
नेपाली कांग्रेस फाल्गुनन्द गाउँ समितिका कार्यबाहक सभापति मणि चेम्जोङको प्रमुख आतिथ्य र देउकुमार थेबेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पाचथर जिल्ला सभपति नरेन्द्रकुमार केरुङ , महासमिति सदस्य रामराज आङ्देम्बे फाल्गुनन्द गाउँपालिका कार्यबाहक अध्यक्ष देबिकाकुमारी आङ्देम्बे लगायत नेताहरुको आतिथ्य रहेको थियो ।
कार्यक्रममा नवप्रवेशी कार्यकर्ताहरुलाई प्रमुख अतिथि, विशेष अतिथि लगायतले खादा र अविर लगाएर स्वागत गरेका थिए । कार्यक्रममा बोल्ने प्रमुख अतिथि थेवेले सत्तासीन नेकपाले इतिहासको तोडमोड गर्न खोजेको आरोप लगाउँदै कांग्रेसको नेतृत्वमा सम्पन्न परिवर्तन र र कांग्रेसकै नेतृत्वमा संविधान आएको भन्दै यसको तोडमोड हुन नसक्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार समाचार जागरण अभियानका लागि प्रदेश क्षेत्रस्तरीय कार्यक्रम तय

Most Popular

Recent Comments