विर्तामोड २३ भदौ । विर्तामोड नगर पालिकाले चालु आर्थिक वर्षका लागि कूल एकअर्व १२ करोड ३२ लाख ४६ हजार बराबरको आम्दानी अनुसार खर्च गरिने गरी बजेट सार्वजनिक गरेको छ ।
नगरकार्यपालिकाद्वारा विर्तामोडमा आयोजित नीति कार्यक्रम तथा बजेट सार्वजनिक कार्यक्रममा नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले नगरलाई प्राप्त हुने आम्दानीको श्रोत उल्लेख गर्दै आम्दानीको अनुसान अनुसार नै खर्च गरिने जानकारी गराउनु भयो ।
गत असार १० गते तेस्रो नगरपरिषदबाट प्रस्तावित कार्यक्रम तथा बजेट अनुसार नै बजेट प्रस्तुत गरिएको बताउनु भयो ।
नगरपालिकाले यो वर्ष नगरभित्रबाट प्रकाशित हुने सञ्चारमाध्यमलाई प्राथमिकतामा राख्ने नयाँ नीति ल्याएको नगर विकास योजनामा उल्लेख गरिएको छ । नगरभित्रबाट प्रकाशित सञ्चारमाध्यमलाई निश्चित प्रक्रिया पूरा गरेपछि समानुपातिक ढंगबाट लोककल्याणकारी विज्ञापनमार्फत अनुदान दिने नयाँ नीति लिएको छ ।
‘पूर्वाधारयुक्त नगर, विषादीसहित कृषि र व्यवसायको अभिबृद्धि,
सभ्य र स्वस्थ्य नागरिक, विर्तामोड नगरपालिकाको समृद्धि’ नारा तय गर्दै विभिन्न १३ बुँदामा समेटिएर बजेट कार्यान्वयन गर्ने भएको छ ।
बजेट कार्यान्वयका लागि १२७ दफामा नीति समेत उल्लेख गरेको नगरपालिकाले शिक्षा विकास, कृषि, जनस्वास्थ्य, सूचना तथा सञ्चार, उद्योग, वाणिज्य, पर्यटन विकास, सहकारी विकास, न्याय, सुशासन, पूर्वाधार तथा सहरी विकास, राजश्व प्रशासन, लक्षित वर्ग तथा सामुदाय, पशुपंक्षीलाई बुुँदागत रुपमा समेटिएको छ । त्यसैगरी विविध विषय अन्तरगत ध्वनी प्रदुषण नियन्त्रण, नगरले सञ्चालन गरेका निश्चित बजेटका योजनामा टोलको पहिचान, नगर क्षेत्रविभत्रका विभिन्न भाषाभाषी, जातजातिको संस्कृति संरक्षण लगायतका विषयबस्तु समेटिएको छ ।
नगरपालिकाले चालु आर्थिक वर्षमा नगरपालिकाले आन्तरिक आयबाट २० करोड २७ लाख ५० हजार, नेपाल सरकार वित्तीय समानीकरणबाट २० करोड ९६ लाख, प्रदेश सरकार वित्तीय समानीकरण मार्फत ८२ लाख ९४ हजार, नेपाल सरकारबाट सशर्त अनुदान २४ करोड ८२ लाख, सामाजिक सुरक्षा भत्ता रु. १० करोड, समपुरक कोष वापत २ करोड, लागत सहभागितामार्फत ८० लाख, संघीय सरकारको राजश्व बाँडफाँड वापत १३ करोड ८ लाख, प्रदेश सरकारको राजश्व बाँडफाँडबाट १ करोड ५७ लाख २ हजार, एडिबी मार्फत १७ करोड समपुरक अनुदान वापत २ करोड र जिल्ला समन्वय समितिमार्फत ९९ लाख गरी एक अर्व १२ करोड, ३२ लाख ४६ हजार आम्दानीको स्रोत उल्लेख गरेको छ ।


कार्यक्रममा उत्कृष्ठ सञ्चारमाध्यमका रुपमा कञ्चनजंघा एफएम, पत्रकार कृष्ण हुमागाँई र राजु पाठकलाई उत्कृष्ठ नगर विकास पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको कार्यक्रममा उत्कृष्ठ राष्ट्र सेवक कर्मचारीका रुपमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडा र वडा नं.–१ का सचिव टिका अधिकारीलाई सम्मान गरिएको थियो ।
विर्तामोडका ९ वटा निजी अस्पताल, नगरपालिकाका १० वटा वडामा विकास निर्माणका लागि गठित उपभोक्ता समिति मध्येबाट प्रत्येक वडामा उत्कृष्ठ काम गर्ने एक÷एक वटा उपभोक्ता समितिलाई सम्मान गरिएको थियो । त्यस्तै अनिवार्य अवकास प्राप्त कर्मचारीद्वय युवराज पाण्डे र भक्त घिमिरेलाई सम्मानसहित विदाई गरिएको थियो ।
नगर प्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षता तथा संघीय सांसद पवित्रा निरौला खरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्वागत नगर उपप्रमुख पवित्रा महतारा प्रसाईले र सञ्चालन जय तिम्सिनाले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

चन्द्रगढी विमान स्थलको उत्तरतर्फ मूलगेट र टर्मिनल भवन बन्नुपर्ने माग

झापा १० कार्तिक । चन्द्रगढी विमान स्थलको स्तरबृद्धि पछिल्लो डिपिआर अनुसार अबिलम्ब थालिनु पर्ने माग राख्दै स्थानीयले संघर्ष थालेका छन् ।पछिल्लो डिपिआर...

एनएमसीको १२ प्रतिशत लाभांस वितरणको प्रस्ताव

झापा १० मंसीर । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले २८ औं बार्षिक साधारणसभामा पेश गर्ने बार्षिक प्रतिवेदन आज सार्वजनिक गरेको छ ।संस्थाको विर्तामोडस्थित...

पत्रकार काफ्ले र गौतमद्वारा ‘नारी सञ्चार प्रोत्साहन’ अक्षयकोषमा सहयोग

झापा ८ मंसीर । झापाका महिला संचारकर्मीहरुको छाता संगठन नारी सञ्चार गृहले बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरेको अक्षयकोषमा दुई पत्रकारले सहयोग रकम...

मुक्तिचोकमा सरसफाइ र पुष्परोपण, बोलेनन् मन्त्री !

झापा ९ मंसीर । मुक्तिचोक । वास्तवमा यो चोक सबैको मुक्तिका लागि अधिकार बोल्ने मुख्य थलोको रुपमा परिचित छ ।यो चोकमा उभिएर...

Recent Comments