Home मनोरञ्जन पल्ला भिरको आगो तापेर-----------

पल्ला भिरको आगो तापेर———–

कविता

केशव आचार्य

गौरव र स्वाभिमान ,
इतिहास भित्र थिचिएका छ्न्।
त्याग र बलिदान ,
कृतिमताले किचिएका छ्न्।
सत्य र इमान ,
कौडीको मोलमा बेचिएका छ्न्।
अझै हामी सगौरव ,
पुर्खाहरुको नाम चाटिरहेका छौ।
पल्लो भिरमा बलेको आगो तापेर,
हामी जाडो काटीरहेका छौ।।

मैले मलाई बिर्सनु ,नियति भएको छ,
आफू, आफैसङ्ग तर्सनु उपलब्धी भएको छ,
आखै अगाडि -मान्छेको लास कुहुन्छ,
न तपाईले छुनु हुन्छ, न मैले चलाउनु हुन्छ,
यसरी मान्छे हुनुको सवालमा,
म र तपाई , विवेक सुन्य हुनु –
कति उराठ लाग्दो कुरा होरु
यस्तो बिरक्तिलो क्षणमा पनि ,
तपाई र म -गास बासको नाममा,
केवल बकबास छाटी रहेछौ।
पल्लो भिरमा बलेको आगो तापेर
हामी जाडो काटिरहेका छौ।।

प्रकृतिको वर्णनमा ,
हामीले जहिले पनि हिमाल जोतेका छौ।
हाम्रा गीत र कविताका हरफहरुमा,
डाफे , मुनाल र मयुर पोतेका छौ।
नदी नाला र तालहरुको बयानमा-
मात्र हामीले सुख्खा खोकी खोकेकाछौ।
खोइरु
पौरख र पसिनाको ब्यबहारिकतारु
खोइरु
सत्यम् शिवम् सुन्दरम् को हार्दिकतारु
हामीले त मात्र आयुरेखा भरिका लागी
दश दुनियालाई ढटिरहेका छौ ।
पल्लो भिरमा बलेको आगो तापेर,
हामी जाडो काटिरहेका छौ।

सहरको एउटा चलचित्र घरमा,
‘हम हिन्दुस्तानी है’ लागेको छ।
प्रतिष्पर्धाको लागी अर्कोले ,
‘मिष्टर इन्डिया ‘ मागेको छ।
र गाउको अर्को चलचित्र घरको भित्तामा-
‘ लाहुरे’को पोष्टर टागेको छ।
यसरी- दुख्ने रमिता आखामा खादेर
दुख्ने तक्मा छातिमा टागेर
हामी-
लाहुरे माया चाउरे प्रीती साटिरहेका छौ।
पल्लो भिरको आगो तापेर –
हामी जाडो काटिरहेका छौ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

मनोरञ्जन पल्ला भिरको आगो तापेर-----------

Most Popular

Recent Comments