Home समाचार पाथीभरा टोल सुधारको साधारणसभा

पाथीभरा टोल सुधारको साधारणसभा

विर्तामोड २१ भदौ । पाथीभरा टोल सुधार संस्था विर्तामोडको १२ औं बार्षिक साधारणसभा विविध कार्यक्रमसहित शनिबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष मोहनप्रसाद ओलीको अध्यक्षता तथा विर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा जेष्ठ नागरिक सम्मानबाट महादेवी अधिकारी, उत्कृष्ठ बुहारी सम्मानबाट संगीता प्रसाईलाई सम्मान गरिएको थियो ।
त्यसैगरी पदमप्रसाद–कमला प्रसाईले स्वर्गीय आमाबुवा चन्द्रकला–नरप्रसादको स्मृतिमा स्थापित एसइई उत्कृष्ठ पुरस्कार र टिएन–सुनिता चम्लागाईंद्वारा स्थापित तिलरुपा स्मृति पुरस्कारबाट आयुषमान आचार्यलाई सम्मान गरिएको थियो । त्यसैगरी जेष्ठ सन्तान पुरस्कार सप्रिया अधिकारीलाई प्रदान गरिएको थियो ।

साधारणसभामा सहभागी पाथीभरा टोलका महिलाहरु ।


त्यसैगरी विरेन्द्रप्रसाद–ज्योतिकुमारी गुप्ताद्वारा स्थापित हरिनारायण स्मृति पुरस्कारबाट कक्षा–१२ मा उत्कृष्ठ अंक प्राप्त गर्ने विजय कडरियालाई सम्मान गरिएको थियो ।
टोल समितिमा गठित बाल क्लवद्वारा सञ्चालित चित्रकला, हाजिरीजवाफ र नृत्य प्रतियोगितामा उत्कृष्ठ विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

सिम्रन श्रेष्ठ, प्रकृति प्रसाई, प्रार्थना अधिकारी लगायत बालबालिकाले नृत्य तथा गीत प्रस्तुत गरेको कार्यक्रममा संस्थाको सांगठनिक प्रतिवेदन अध्यक्ष ओलीले प्रस्तुत गर्नुभएको थियो । नारायण भण्डारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन तथा बार्षिक प्रतिवेदन सचिव बालकृष्ण रिमालले प्रस्तुत गर्नुभएको थियो ।


प्रमुख अतिथि शिवाकोटी, संस्थापक अध्यक्ष टेकबहादुर श्रेष्ठलगायतले शुभकामना मन्तब्य राखेको कार्यक्रममा नगर परिषद सदस्य भावना आचार्य, वडा सदस्य डि. आर. कडरिया लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार पाथीभरा टोल सुधारको साधारणसभा

Most Popular

Recent Comments