Home खेल हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपको तयारी तिव्र

हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपको तयारी तिव्र

बिर्तामोड । झापाको बिर्तामोडमा आयोजना हुने हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको तयारी तिव्र पारिएको छ । बिर्तामोडको जायोन स्पोर्टस् क्लवको आयोजनामा आगामी असोज ११ गतेबाट १८ गतेसम्म स्थानीय डोमालाल राजवंशी रंङ्गशालामा प्रतियोगिता सञ्चालन हुँदैछ ।
विजयादशमीको उपलक्ष्यमा झापालाई खेलकुदमय बनाउन आयोजना गरिएको गोल्डकपको ६० प्रतिशत काम सम्पन्न गरिएको आयोजक जायोन स्पोर्टस् क्लबका अध्यक्ष भक्त खवासले जानकारी दिए । प्रतियोगिताको तयारी तिव्र पारिएको गोल्डकप आयोजक समितिका प्रवक्ता अभिनाश राईले बताए । नेपालका पाँच वटा ए डिभिजन क्लबसहित ८ टिमले गोल्डकपमा सहभागिता जनाउने प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस, रुपन्देही ११, भारतको मोल्होई युथ क्लब र आयोजक टिमले सहभागिता जनाउने पक्का भइसकेको छ । ‘प्रतियोगितामा सहभागी हुने ३ टिम“मनाङ मस्र्याङ्दी, भुटानको पारो एफसी र नेपालको एक क्लबसंग कुराकानी भइरहेको राईले बताए ।
हाल प्रतियोगिता हुने डोमालाल रंगशालाको फुटबल मैदानमा घाँसको काटछाट र प्याराफिट निर्माणको काम धमाधम भइरहेको छ । ‘आन्तरिक रुपमा खेल मैदान मर्मत सम्हार, बाँसको प्याराफिट निर्माण र प्रचारप्रसार लगायतको काम तिव्र पारेका छौँ’ आर्थिक संयोजक दिपेन्द्र आछामीले भने, ‘आर्थिक संकलनका लागि प्रायोजकसँगको सम्झौतालाई अन्तिमचरणमा पु¥याएका छौँ ।’
प्रतियोगिताको विजेताले नगद १२ लाख ५० हजार रुपैयाँ र उपविजेताले छ लाख २५ हजारसहित ट्रफी प्राप्त गर्नेछ । त्यस्तै, विधागततर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी, सर्वा्िधक गोलकर्तालाई पनि जनही नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
गोल्डकप सम्पन्न गर्न कम्तिमा ८० लाख खर्च हुने अनुमान आयोजकको छ । गोल्डकपका लागि राष्ट्रिय महिला टिमका प्रशिक्षक हरि खड्कालाई यस अघि नै ब्राण्ड एम्बासेडर नियुक्त गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

खेल हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपको तयारी तिव्र

Most Popular

नगरप्रमुख आचार्य सिलीगुढीको किन्स हस्पिटल भर्ना

झापा । झापाको मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई भारतको पश्चिम बंगालस्थित सिलगुडीको किन्स हस्पिटलमा भर्ना गरिएको छ । कोरोना संक्रमण भएपछि विराटनगरको...

गाउँपालिका कार्यालयमा उपाध्यक्षद्वारा तालाबन्दी

अछाम । आफ्नो अधिकार खोसेर एकतन्त्रीय ढंगबाट शासन सञ्चालन गरेको भन्दै अछामको रामारोशन गाउँपालिकाका उपाध्यक्ष सरस्वती रावलले आफ्नो गाउँपालिकामा तालाबान्दी गरेकी छन्।गाउँपालिका...

यसपालीको दशैं टिकाको उत्तम साइत बिहान १०ः१९ बजे

झापा । दशैँको मुख्य दिन कात्तिक १० गते सोमबार विजयादशमी पर्व परेको छ । यस दिन बिहान नौ रात १० दिन पूजा...

महानवमीको विशेष पूजा आराधनाका साथ मनाईंदै

झापा । आश्विन शुक्ल नवमीको दिन आज महानवमी पर्व आज दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदैछ । कोरोना भाइरस संक्रमणका कारण यो...

Recent Comments