शनिश्चरे । अर्जुनधारा नगरपालिका–९ स्थित भुवनेश्वर शिव पाञ्चायन आनन्दधामले हरितालिका तीजको अवसर पारेर बुधबार तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रम संयोजक पार्वता बाँस्कोटाको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ झापा शाखाकी उपाध्यक्ष भिमा शिवाकोटीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमा स्थानीय महिलाहरुले परम्परागत संगिनी नृत्यका साथै बालबालिकाहरुले तीज सम्बन्धि विभिन्न मनोरञ्जनात्मक कला प्रस्तुत गरेका थिए ।
सोही अवसरमा ज्येष्ठ माताहरु मसिनीदेवी राई, धनमाया पौडेल र भिममाया कार्कीलाई सम्मान गरिएको थियो । सम्मानितलाई प्रमुख अतिथि तथा अतिथिहरुले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि शिवाकोटी, अर्जुनधरा नगरपालिका नगर परिषद सदस्य खड्कमाया पौडेली, समाजसेवी युवराज प्रसाई, शिक्षासेवी केहरसिंह अधिकारी, लाली गुराँस महिला कृषि सहकारी संस्थाका अध्यक्ष मेनुका पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
तुलसा कुँवरले सञ्चालन गरेको कार्यक्रममा स्वागत रामप्रसाद खरेलले गर्नुभएको थियो ।